राज शाही सोमबार, पौष १४, २०८२ मा प्रकाशित

कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने भएको छ । उक्त खण्डमा बलाष्टिङ हुने भएकाले बन्द हुने भएको साइड इन्चार्ज रत्न भण्डारीले बताएका छन् ।

सिमकोट गाउँपालिकाको वडा नं ६ को मानसरोवर नमुना माध्यामिक विद्यालय पछाडी देखि चिसामुलको मोडमा पौष १५ गते  मंगलबार नेपाली सेना द्धारा बलाष्टिङ हुने भए पछि एक दिनका लागी वन्द हुने भएको हो । सो बलाष्टिङ बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म हुने भएको इन्चार्ज भण्डारीले बताएका छन् ।  बलाष्टिङको लागी २ सय ७५ होल खोपिएको र  करिव २ सय मिटरमा बलाष्टिङ गरिने इन्चार्ज भण्डारीले बताएका छन् ।

मंगलबार बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म उक्त सडकको तल माथि पशु चौपाय छाडा नछोड्न र सवारी साधन संगै मानिसको आवत जावत नगर्नका लागी समेत हिल्सा सिमकोट सडक आयोजनाले जानकारी गराएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९