कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने भएको छ । उक्त खण्डमा बलाष्टिङ हुने भएकाले बन्द हुने भएको साइड इन्चार्ज रत्न भण्डारीले बताएका छन् ।
सिमकोट गाउँपालिकाको वडा नं ६ को मानसरोवर नमुना माध्यामिक विद्यालय पछाडी देखि चिसामुलको मोडमा पौष १५ गते मंगलबार नेपाली सेना द्धारा बलाष्टिङ हुने भए पछि एक दिनका लागी वन्द हुने भएको हो । सो बलाष्टिङ बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म हुने भएको इन्चार्ज भण्डारीले बताएका छन् । बलाष्टिङको लागी २ सय ७५ होल खोपिएको र करिव २ सय मिटरमा बलाष्टिङ गरिने इन्चार्ज भण्डारीले बताएका छन् ।
मंगलबार बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म उक्त सडकको तल माथि पशु चौपाय छाडा नछोड्न र सवारी साधन संगै मानिसको आवत जावत नगर्नका लागी समेत हिल्सा सिमकोट सडक आयोजनाले जानकारी गराएको छ ।