राज शाही बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

स्याउको ब्यवासायीक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर बितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान बितरण गरिएका हुन । अहिलेसम्म पाकेका स्याउका रुखमा चढेर हातैले निकाल्ने गरिएकोमा अब भने सो साधनबाट स्याउ निकाल्न सहज हुने छ ।

असोज कार्तिकमा स्याउ बगैचामा पाकेका स्याउ निकाल्न किसानलाई निक्कै शास्ती परेको देखेर नै यी फ्रुट टिपरको ब्यबस्था गरिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए । सो सामाग्रीको किसानहरुले माग गरे बमोजिम निशुल्क रुपमा गाउँपालिकाले बितरण गरेको हो । तीस बोट भन्दा बढी स्याउको बगैचा बनाउने ३५ जना किसानहरुलाई यी फ्रुट टिपर बितरण गरिएको हो ।

किसानले पाकेको स्याउ बचाउन निक्कै कठिन भै रहेको बेला यो साधनबाट स्याउ निकाल्दा सहज हुने गाउँपालिकाले बिस्वास लिएको छ । हातले फलेको बोटबाट स्याउ निकाल्दा खस्ने, चोट लाग्ने भएर स्याउ कुही रहेको बेला अब भने स्याउलाई सुरक्षित रुपमा निकाल्न सकिने छ । यी फ्रुट टिपर हुम्ला जिल्लामा पहिलो पटक ल्याइएका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९