राज शाही बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

स्याउको ब्यवासायीक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर बितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान बितरण गरिएका हुन । अहिलेसम्म पाकेका स्याउका रुखमा चढेर हातैले निकाल्ने गरिएकोमा अब भने सो साधनबाट स्याउ निकाल्न सहज हुने छ ।

असोज कार्तिकमा स्याउ बगैचामा पाकेका स्याउ निकाल्न किसानलाई निक्कै शास्ती परेको देखेर नै यी फ्रुट टिपरको ब्यबस्था गरिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए । सो सामाग्रीको किसानहरुले माग गरे बमोजिम निशुल्क रुपमा गाउँपालिकाले बितरण गरेको हो । तीस बोट भन्दा बढी स्याउको बगैचा बनाउने ३५ जना किसानहरुलाई यी फ्रुट टिपर बितरण गरिएको हो ।

किसानले पाकेको स्याउ बचाउन निक्कै कठिन भै रहेको बेला यो साधनबाट स्याउ निकाल्दा सहज हुने गाउँपालिकाले बिस्वास लिएको छ । हातले फलेको बोटबाट स्याउ निकाल्दा खस्ने, चोट लाग्ने भएर स्याउ कुही रहेको बेला अब भने स्याउलाई सुरक्षित रुपमा निकाल्न सकिने छ । यी फ्रुट टिपर हुम्ला जिल्लामा पहिलो पटक ल्याइएका हुन ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९