राज शाही शनिबार, पौष १२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।हिमाली जिल्ला हुम्लाबाट निजामती सेवामा बढी भन्दा बढी सहभागिता गराउनका लागी जिल्लाका अब्बल दर्जाका कर्मचारीहरुबाट निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यलाई अगाडी बढाइएको छ । उक्त कक्षा लिनका लागी हुम्ला जिल्लाका करिव ३ सय भन्दा बढी युवा युवतीले आफ्नो नाम दर्ता गराएका छन् ।

केही दिन अघि भव्यताका साथ कर्णाली प्रदेश हुम्ला जिल्लाको जिल्ला समन्वय समितिमा उत्घाट भएको निशुल्क लोक सेवा तयारी कक्षाको पौष १३ गते भोलीबाट कक्षा संचालन हुने भएको सोही तयारी कक्षाका संयोजक एव सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर बहादुर सिंहले बताएका छन् ।

जसमा पौष १३ गते विहान ७ बजे  नायव सुब्बा, खरिदारको लागी निजामती सेवाको परिचय, विकासक्रम बिशेषता र महत्वका बारेमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले कक्षा लिने उक्त कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यसै गरी विहान ८ः ३० बजे नेपालको भुगोल सम्बन्धि सामान्य ज्ञानका बारेमा सामाजिक विकास कार्यालय प्रमुख इश्वरबहादुर सिंहले प्रशिक्षण गराउने कार्यतालिका रहेको छ ।

सोही अनुसार बेलुका ४ः३० बजे नायब सुब्बा र खरिदारको लिखित द्धितिय पत्र  घरेलु कार्यालय प्रमुख अर्जुन राज जोशीबाट प्रशिक्षण हुने छ । बेलुका ५ः३० बजे आइ क्यु सम्बन्धी हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले कक्षा लिने भएको निशुल्क लोक सेवा तयारी कक्षाका सदस्य एव सिमकोट गाउँपालिका लेखा अधिकृत बिशाल बोहोराले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९