बालबिबाह,बाल श्रम र लागु औषध सम्बन्धी सडक नाटक प्रदर्सन गरिएको छ । २ दिन सम्म संचालन भएकव सडक नाटक सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँ र साँता गाउँमा संचालन भएको हो । गुड नेवर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोग संगै सिमकोट गाउँपालिकाको समन्वयमा संचालन भएको किर्डाक नेपालका सामाजिक परिचालक दिपकबहादुर सिंहले बताएका छन् ।

हुम्ला जिल्लाको बढी घना बस्ती संगै जनसंख्या रहेको सिमकोट गाउँपालिका वडा नं ८ स्याडा साँता लगायतका गाउँबाट विभिन्न कामको सिल सिलामा बालबालिका अरुको घर,होटल पसल सँगै अन्य निर्माणका काम, उद्योगमा काम गर्नु पर्ने वाध्यता रहेकाले सोलाई न्युनियकरणका लागी अभिभावक, गाउँ समाज, शिक्षक विद्यार्थी, स्वास्थ्यकर्मी, निर्माण व्यवसायी, उद्योग पतिहरु सँगै सरोकारवालालाई बालश्रम सम्बन्धी सचेतना जगाउनका लागी पनि उक्त सडक नाटक प्रर्दशन गरिएको सामाजिक परिचालक सिंहले बताएका छन् ।
किर्डाक नेपालको समन्वयमा हिमाली युवा कल्ब स्याँडाले प्रदर्शन गरेको सडक नाटकमा बालबिबाह र लागु औषध दुरवेसनी सम्बन्धी पनि जानकारी गराइएको छ । बालबालिकाहरु अरुको सिको गरेरर लागु औषधमा फस्न सक्ने भएकाले सो तर्फ पनि सडक नाटक देखिइएको थियो । त्यसै गरी सानै उमेरमा बिबाह गर्दा हुने स्वास्थ्य, शिक्षा, शारीरिक, मानसिकमा पर्ने असरका बारेमा समेत उक्त सडक नाटकमा देखाइएको थियो । उक्त नाटक पौष ११ गते सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँमा र १२ गते साँता गाउँमा प्रर्दशनी गरिएको सामाजिक परिचालक सिंहले बताएका छन् ।