राज शाही शनिबार, पौष १२, २०८२ मा प्रकाशित

बालबिबाह,बाल श्रम र लागु औषध सम्बन्धी सडक नाटक प्रदर्सन गरिएको छ । २ दिन सम्म संचालन भएकव सडक नाटक सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँ र साँता गाउँमा संचालन भएको हो । गुड नेवर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोग संगै सिमकोट गाउँपालिकाको समन्वयमा संचालन भएको किर्डाक नेपालका सामाजिक परिचालक दिपकबहादुर सिंहले बताएका छन् ।

हुम्ला जिल्लाको बढी घना बस्ती संगै जनसंख्या रहेको सिमकोट गाउँपालिका वडा नं ८ स्याडा साँता लगायतका गाउँबाट विभिन्न कामको सिल सिलामा बालबालिका अरुको घर,होटल पसल सँगै अन्य निर्माणका काम, उद्योगमा काम गर्नु पर्ने वाध्यता रहेकाले सोलाई न्युनियकरणका लागी अभिभावक, गाउँ समाज, शिक्षक विद्यार्थी, स्वास्थ्यकर्मी, निर्माण व्यवसायी, उद्योग पतिहरु सँगै सरोकारवालालाई बालश्रम सम्बन्धी सचेतना जगाउनका लागी पनि उक्त सडक नाटक प्रर्दशन गरिएको सामाजिक परिचालक सिंहले बताएका छन् ।

 किर्डाक नेपालको समन्वयमा हिमाली युवा कल्ब स्याँडाले प्रदर्शन गरेको सडक नाटकमा बालबिबाह र लागु औषध दुरवेसनी सम्बन्धी पनि जानकारी गराइएको छ । बालबालिकाहरु अरुको सिको गरेरर लागु औषधमा फस्न सक्ने भएकाले सो तर्फ पनि सडक नाटक देखिइएको थियो । त्यसै गरी सानै उमेरमा बिबाह गर्दा हुने स्वास्थ्य, शिक्षा, शारीरिक, मानसिकमा पर्ने असरका बारेमा समेत उक्त सडक नाटकमा देखाइएको थियो ।  उक्त नाटक पौष ११ गते सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँमा र १२ गते साँता गाउँमा प्रर्दशनी गरिएको सामाजिक परिचालक सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९