राज शाही बिहिबार, पौष १०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा स्थापित एक विद्यालयले कक्षा १०को नतिजा प्रकासितका लागी अभिभावक भेला कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम गर्ने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित बालमन्दिर माध्यामिक विद्यालय रहेको छ । विद्यार्थीको नतिजा बारे अभिभावकलाई जानकारी गराउनका लागी र सोही अनुसार एस इइ को परिक्षा तयारीमा आफ्ना बालबालिका लगाउने उद्देश्यका साथ कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक भेला गरेको सोही विद्यालयका प्रधानाध्यापक कैलास रोकायाले बताएका छन् ।

सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख बोहराको अध्यक्षतामा शिक्षक अभिभावक र विद्यार्थीको भेला संचालन गरि चालु आर्थिक वर्षमा संचालन भएको कक्षा १० को बार्षिक  परिक्षाको नतिजा सार्वजनिक गरि, ग्रेड सिट पनि विद्यार्थीलाई प्रर्धान गरिएको सोही विद्यालयका प्रधानाध्यापक रोकायाले बताएका छन् ।

कक्षा १० को बार्षिक परिक्षा दिइ एस इइको तयारीमा रहेका उक्त विद्यालयका विद्यार्थीलाई एस इइको परिक्षामा  सफलताको अग्रिम शुभकामना समेत व्यक्त गरेको सोही विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । विहिवारका दिन संचालन भएको भेलामा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहोरा सहित पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला निकायको उपस्थित रहेको थियो  ।

सम्बन्धित

ताजा अपडेट
चुनावी प्रचारका क्रममा दाँते ओखरका विरुवा रोपिदै
आफुले मतदान गर्ने कुरा छोडेर वारेस मार्फत मतदान गर्नु विधि प्रक्रिया बाहिरः मुख्य निर्वाचन अधिकृत बराल
हिल्दुम विद्युत वितरण केन्द्रद्धारा खोल्सीमा विद्युत प्रसारण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९