हुम्ला जिल्लामा स्थापित एक विद्यालयले कक्षा १०को नतिजा प्रकासितका लागी अभिभावक भेला कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम गर्ने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित बालमन्दिर माध्यामिक विद्यालय रहेको छ । विद्यार्थीको नतिजा बारे अभिभावकलाई जानकारी गराउनका लागी र सोही अनुसार एस इइ को परिक्षा तयारीमा आफ्ना बालबालिका लगाउने उद्देश्यका साथ कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक भेला गरेको सोही विद्यालयका प्रधानाध्यापक कैलास रोकायाले बताएका छन् ।

सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख बोहराको अध्यक्षतामा शिक्षक अभिभावक र विद्यार्थीको भेला संचालन गरि चालु आर्थिक वर्षमा संचालन भएको कक्षा १० को बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरि, ग्रेड सिट पनि विद्यार्थीलाई प्रर्धान गरिएको सोही विद्यालयका प्रधानाध्यापक रोकायाले बताएका छन् ।

कक्षा १० को बार्षिक परिक्षा दिइ एस इइको तयारीमा रहेका उक्त विद्यालयका विद्यार्थीलाई एस इइको परिक्षामा सफलताको अग्रिम शुभकामना समेत व्यक्त गरेको सोही विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । विहिवारका दिन संचालन भएको भेलामा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहोरा सहित पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला निकायको उपस्थित रहेको थियो ।