राज शाही बिहिबार, पौष १०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

राष्ट्रिय सेवा दलका लागी १८ जना बालबालिका हुम्ला जिल्लाबाट बाहिरिएका छन् । सेवा दलको तालिम लिनका लागी कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर माध्यामिक विद्याल सिमकोटका विद्यार्थि आज जिल्ला बाहिर गएका हुन ।

सो विद्यालयमा यस अघि अषाढ १० गतेबाट उक्त तालिम सत्रु भन्जनका हुम्लाका नेपाली सेनाबाट संचालन हुँदै आएको थियो । कक्षा ८ र ९ का विद्यार्थी गरी जम्मा ३० जना छनौटमा परेको भए पनि आज १८ जना विद्यार्थी र १ जना शिक्षक नेपाली सेनाको स्काइ ट्रकले नेपालगन्ज उडान भरको र बाँकी सुक्रबार जाने मानसरोवर माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक राजबहादुर शाहीले बताएका छन् ।उक्त तालिमका लागी १५ जना छात्रा र १५ जना छात्र छनौटमा परेका छन् । तालिम कोलपुरमा संचालन हुने छ ।

अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो” भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न सफल भएको संस्था हो । यसले असल नागरिक र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम कर्णधार तयार गर्ने लक्ष्य बोकेको अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था पनि हो ।

एनसिसी नेपालको स्थापना विसं २०२२ सालमा भएको हो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको अभिभावकका रूपमा रहनाले पनि यसको गरिमा तथा महत्व पनि उत्तिकै छ । नेपाल सरकारले राष्ट्रिय सेवा दलमार्फत दक्ष युवा टोली निर्माण गर्दै देशका विभिन्न भागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवालाई एकताबद्ध बनाउँदै अनुभव आदान प्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्दै आएको छ । जसले देशभक्तिको भावना जागृत गराउँदछ ।

फलस्वरूप एनसिसी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा युवा सङ्गठनका रूपमा विकसित हुँदै गएको छ । एनसिसी देशको राष्ट्रिय कार्यक्रम भए पनि नेपाली सेनाको उच्चस्तरको व्यवस्थापनमा पूर्ण रूपमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रम अनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो ।

यो कार्यक्रममा ७९ दिने तालिम, सम्बन्धित विद्यालयमा सञ्चालन हुन्छ भने बाँकी २१ दिन क्याडेटहरूका लागि नेपाली सेनाको ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिन्छ । कार्यक्रममा विद्यार्थीलाई कुनै पनि शुल्क लाग्दैन । सहभागीहरूलाई पौष्टिक खाना र पेय पदार्थहरूका साथै विभिन्न प्रतिष्ठित पोसाकहरूका पूर्ण सेटहरू प्रदान गरिन्छ ।अन्त्यमा १०० दिनको प्रशिक्षणपश्चात् क्याडेटहरूले प्रतिष्ठित पास आउट परेड प्रदर्शन गर्छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९