राज शाही बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

भान्सामा तरकारी फराइ गर्ने क्रममा तातेको तेलको लप्काले एक जना बालकको अनुहार जलाएको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखि सकेको बेला खारिएको तेलमा तरकारी राख्दा तेलको राँको आएर अनुहार तथा आँखा जलाएको हो ।

आँखा तथा अनुहार जल्नेमा खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को छिप्रा गाउँका १३ वर्षिया बालक सुरेश रावल रहेका छन् । तरकारी भुट्ने बेला तातेको तेलको राँको आएर अनुहार तथा आँखा जलाएको पिडितका बुबा गोपाल रावलले बताएका छन् ।

तातेको तेलले अनुहार जलाएको छ भने तेलको छिटा दुबै आँखा भित्र परेर देख्न समेत कठिन भएको पिडित बालकका वुबा गोपाल रावलले बताएका छन् । तेलले अनुहार र आँखा जलाएको बालक रावललाई बुवा आमाले बोकेर जिल्ला अस्पताल हुम्लामा ल्याई पुर्याएका छन् । अस्पतालमा प्राथमिक उपचार भै रहेको र जिल्लामा उपचार गर्न नसकिने भए पछि जिल्ला बाहिर रिफर गर्नु पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले केही उपचार सुरु गरेपनि आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएकोले बताएका छन् । आर्थिक रुपमा कमजोर परिवारका सदस्यहरुलाई तातो तेलले अनुहार जलाएका बालकको जिल्ला बाहिर लिएर उपचार गर्न कठिन भएको बुवा रावलले बताएका छन । बालक सहयोगी हातको पखाईमा रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९