राज शाही बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

हुम्ला

भान्सामा तरकारी फराइ गर्ने क्रममा तातेको तेलको लप्काले एक जना बालकको अनुहार जलाएको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखि सकेको बेला खारिएको तेलमा तरकारी राख्दा तेलको राँको आएर अनुहार तथा आँखा जलाएको हो ।

आँखा तथा अनुहार जल्नेमा खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को छिप्रा गाउँका १३ वर्षिया बालक सुरेश रावल रहेका छन् । तरकारी भुट्ने बेला तातेको तेलको राँको आएर अनुहार तथा आँखा जलाएको पिडितका बुबा गोपाल रावलले बताएका छन् ।

तातेको तेलले अनुहार जलाएको छ भने तेलको छिटा दुबै आँखा भित्र परेर देख्न समेत कठिन भएको पिडित बालकका वुबा गोपाल रावलले बताएका छन् । तेलले अनुहार र आँखा जलाएको बालक रावललाई बुवा आमाले बोकेर जिल्ला अस्पताल हुम्लामा ल्याई पुर्याएका छन् । अस्पतालमा प्राथमिक उपचार भै रहेको र जिल्लामा उपचार गर्न नसकिने भए पछि जिल्ला बाहिर रिफर गर्नु पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले केही उपचार सुरु गरेपनि आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएकोले बताएका छन् । आर्थिक रुपमा कमजोर परिवारका सदस्यहरुलाई तातो तेलले अनुहार जलाएका बालकको जिल्ला बाहिर लिएर उपचार गर्न कठिन भएको बुवा रावलले बताएका छन । बालक सहयोगी हातको पखाईमा रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९