राज शाही बुधबार, पौष ०९, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्ला परियोजना सल्लाहकार समितिसँगको समिक्षा बैठक संचालन भएको छ । समिक्षा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी,प्रधानाध्यापक,  जनप्रतिनिधि, पत्रकार, नागरिक समाज,सहकारी लगायत सरोकारवाला निकायको उपस्थित रहेको बार्षिक समिक्षा बैठक बुधबार विहान ९ बजे संचालन भएको हो ।

हुम्ला जिल्लामा गुड नेवर्स इन्ट्रर नेस्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीले आफ्नो कार्य क्षेत्र हुम्ला जिल्लामा २०२५ मा गरेका काम कार्यका बारेमा उपस्थित बीच सुझाव सँकलन सँगै अन्तरक्रिया गरिएको थियो ।  आफ्नो कार्यक्षेत्र हुम्ला जिल्लाको ४ वटा गाउँपालिकामा रहेको, उक्त गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइका क्षेत्रमा भए गरेका काम कार्यका बारेमा आफ्नो स्वागत मन्तव्य स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी गराएका थिए ।

त्यसै गरी सोही कार्यक्रममा लाइफहुड ९५.१, हेल्थ एण्ड वासमा ९८.7, क्रसकटिङमा ८८.9, मिलमा ८२.१ र ९७.४ प्रतिसत गरी  जम्मा ९२. ५ प्रति उपलब्धी भएको सोही संस्थाका परियोजना अधिकृत कार्मा घोन्डु लामाले उपस्थितहरुलाई जानकारी गराएका थिए ।

किर्डाक हुम्लाका जनक बुढाले आफ्नो संस्था नेपालका २३ वटा जिल्लामा काम गरि रहेको र १५ देखि१७ वटा सहकर्मी रहेको, आफ्नो कार्यक्षेत्र चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोटका ५६ वटा विद्यालयका १६ सय ४५ स्पोन्सर बालबालिकाहरु रहेको र ति बालबालिकाहरुलाई विद्यालय ड्रेस सहित कापीकलम, मृत्यु बरण गरेका स्पोन्सर बालबालिकाका परिवारलाई राहत वितरण, त्यो सँगै विद्यालयको भौतिक अवस्था सुधार सँगै प्राकृतिक प्रकोपमा परेका पीडितहरुलाई राहत समेत वितरण गरेको किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले  बताएका थिए ।

जिल्ला समन्वय समिति हुम्लाका कार्यबाहक प्रमुख एव सोही परियोजनाका संयोजक सरिता रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा  सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी लगायतका उपस्थित बक्ताले शुझाव सहित प्रतिक्रिया दिएका थिए  । उक्त कार्यक्रममा सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बर्षबहादुर फडेरा, उपाध्यक्ष शुसिला रोकाया, खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय प्रमुख ज्वालाराज शाही, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योज्ञस आलेमगर, सिमकोट गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण आचार्य, सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका वडा अध्यक्ष, लगायत एस आइ डिसी, गुड नेवर्स इन्टर नेस्नल र किडाक नेपालका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचनको लागी एक मतदान केन्द्रमा शतप्रतिशत महिला
हुम्लाका २२ मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायकलाई अभिमुखीकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९