राज शाही मंगलबार, पौष ०८, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा ३ दिन सम्म चुढाल नाच, फुर्का नाच प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता सँगै बिभिन्न सांस्कृति कार्यक्रम र विकृती विसंगी कुसंकार विरुध जनचेतना संदेश मुलक देउडा खेलको आयोजना समेत गरिने भएको छ । उक्त कार्यक्रममा स्थानिय कलाकारहरुको सहभागिता सँगै बाजुराका शंकर मल्ल, अछामकी नम्रता भण्डारी र कालिकोटकी एसोदा देवकोटाको प्रस्तुति रहने लोकसांस्कृति संरक्षण, विकास तथा अनुसन्धान केन्द्र सिमकोट हुम्लाका अध्यक्ष तिर्थराज रोकायाल पत्रकार सम्मेलन गरी प्रेस वक्तव्य मार्फत जानकारी गराएका हुन ।

केन्द्र द्धारा प्रकाशिक्ष वक्तव्यमा ११ औ सताब्दीमा खारी प्रदेश पुराङ राज्यबाट आएको नागराजले बिशाल खस राज्य स्थापना गर्नु भन्दा पहिला कुमाउ गडुवालबाट आएका चल्ल मल्ल इल्ल र पाल बंसीय राजाहरुले कर्णालीमा साना साना राज्यको स्थापना गरेको इतिहाँसकार मोहन बहादुर मल्लले सिजापति बाला पुस्तकमा उल्लेख गरेको अध्यक्ष रोकायाले बताएका थिए ।सोमबार विहान ७ वजे सदरमुकाम सिमकोटको एलिस होटलमा संचालन भएको पत्रकार संमेल कार्यक्रमा खस वंसका पहिलो राजा आदिपाल थिए भने १६औ राज गोला पाल रहेको र १८ औ राजा आदित्य पाललाई पराजय गरी नाग राजले बिशाल खस राज्यको स्थापना गरेको अध्यक्ष रोकायाले बताएका थिए ।

पुर्वमा त्रिशुली नदी पश्चिममा सिन्दु र चिनाव नदी उत्तरमा तिब्बतको गुगे पुराङ मरी पुल र दक्षिणमा गंगा र गन्डकी नदीको संगम स्थल सम्म फैलिएको अध्यक्ष रोकायाले  बताएका थिए । खस सभ्यतामा संचालित साशन प्रणाली रहेको खस राज्यको हुम्ला जिल्लाको भुभागमा स्थापित भौगोलिक इकाइहरुमा मुखिया जिम्मुवाल पदावली कायम गरी ठेकथुनको जिम्वारी साथै राज्यको कर तिरो उठाउने कार्य सुरु गरिएको समेत पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रतिनिधि सभा निर्वाचनको लागी एक मतदान केन्द्रमा शतप्रतिशत महिला
हुम्लाका २२ मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायकलाई अभिमुखीकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९