राज शाही सोमबार, पौष ०७, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लाका युवा युवतीहरुलाई निजामती सेवामा आकर्षित गर्नका लागी निशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटनगरिएको छ । राज्यको निजामति सेवामा हुम्ला जिल्लाबाट न्युन उपस्थित रहेका बेला त्यसलाई बढाउनका लागी निशुल्क तयारी कक्षा सुरु गरिएको हो । नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाको व्यवस्थापनमा संचालन हुने लोक सेवा तयारी कक्षामा हुम्ला जिल्लाका युवा युवतीले निशुल्क लोक सेवा तयारी कक्षा लिन पाउने भएका छन् ।

उद्घाटन सत्र सम्म जिल्लाका ना सु तथा खरिदारका लागी २ सय ८५ जना युवा युवतीले निशुल्क कक्षाका लागी आफ्नो नाम दर्ता गराएका छन् । उनीहरुको समुह विभाजन गरी पठन पाठन कार्यको समेत व्यवस्था गरिएको, हुम्ला जिल्लामा कार्यरत अब्ल निजामती कर्मचारीबाट पठन पाठन हुने उक्त कक्षामा समस्या आउन नदिनका लागी १६ जना प्रशिक्षकको व्यवस्था समेत गरिएको र लोक सेवा तयारी कक्षा संचालन गरि रहेका देशका विभिन्न जिल्लाबाट प्रशिक्षक समेत झिकाइ उक्त तयारी कक्षा पनि संचालन गरिने सोही लोकसेवा तयारी कक्षाका संयोजक एव सामाजिक विकास कार्यालयका प्रमुख इश्वर बहादुर सिंहले  बताएका छन्।

आफ्नो पालामा लोक सेवा दिनका लागी किताब समेत नभएको अवस्थामा पनि साथी संगीहरुबाट झिकाइ, पैदल यात्रा गरी जुम्ला सम्म पुगी लोक सेवा दिएको र हाल हुम्ला जिल्लामै विभिन्न राजनैतिक दलका नेता सँगै सरोकारवाला निकायको पहलमा अहिले हुम्ला जिल्लामै खरिदार तथा नासुको सेन्टर सम्म तोकिएकाले आफ्नै घरमा पाक्ने ढिडो रोटी खायर लोकसेवा दिन सकिने भएकाले यसको सुविधा लिन पुर्वधार विकास कार्यलयका लेखा अधिकृत भक्तबहादुर शाहीले सोही कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

पठन पाठन मात्र ठुलो कुरा होइन पठन पाठनको विषयलाई दिमागमा राख्न सक्नु ठुलो उपलब्धि हो, जुन विषय वस्तुको अध्यन गरिएको छ त्यसको पुर्ण पाठको ज्ञान लिनु नै त्यसको सार्थकता हो भन्ने भनाइ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योज्ञस आलेमगरले बताएका थिए ।

यो लोक सेवा तयारी कक्षा निरन्तर जिल्लामा चलिन रहने, यो संचालक समितिका सदस्यहरु जिल्लाबाट बाहिरिने अवस्था आए पनि यसलाई दिगोरुपमा संचालन समेत गरिने घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख एव सोही कक्षाका प्रशिक्षक अर्जुन राज जोसीले बताएका थिए ।

सिमकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद आचार्यको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको अध्यक्षता सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको र प्रमुख आतिथ्य जिल्ला समन्वय समिति प्रमुख सरिता रावतको रहेको थियो ।व्यानर पढेर नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले उद्घाटन गरेको कार्यक्रममा अथितिकारुपमा अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, सहाय प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, ससत्र प्रहरी नायव उपरिक्षक,जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, करिव २ सय भन्दा बढी लोकसेवा तयारी कक्षा लिने विद्यार्थीको समेत सहभागिता रहेको थियो । पौष ७ गते सोमबारका दिन भव्यताका साथ उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९