राज शाही आइतबार, पौष ०६, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्ला ४ वटा आरसिसि भवनको एक साथ उद्घाटन गरिएको छ । सो उत्घाटन कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नं ६ मा गरिएको हो ।

निर्वाचनका वेला शिक्षा स्वास्थ्य, रोजगारी, भोतिक संरचना सँगै जनताको घरदैलोमा सरकार भएको अनुभुति गराउने बाचा गरेका सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले  ४ वटा आर सिसि भवनको एक साथ आइतबार उत्घटन गरेको नेपाल पत्रकार महासंघका जिल्ला सदस्य भक्तराज ऐडीले बताएका छन् ।

उद्घाटन गरिएका आर सी सी भवनहरुमा वडा कार्यालयको भवन, स्वयम्भू आधार भूत विद्यालय भवन, स्वास्थ्य कार्यालय र बर्थिङ सेन्टर भवन रहेका छन । एक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा रिबन काटेर  गाउँपालिका अध्यक्ष रोकायाले उत्घाटन गरेको जानकारी प्राप्त भएको छ ।  उद्घाटन कार्यक्रममा ६ नम्बर वडा कार्यालयका स्थानीय बासी, गाउँपालिकाका कर्मचारी र सुसा परियोजनाका संयोजक लगायतका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

उत्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकायाले आफु चुनावी अभियानमा गरेका केही प्रतिबद्दताहरु आज पूरा गरेको र अन्य गर्न बाकी रहेकाले ति पनि आफ्नो कार्यकालमा पुरा गर्ने बताएका थिए । सो कार्यक्रमा रोकायाले सर्केगाड गाउँपालिकाका हरेक वडामा सडक निर्माण कार्य भएको र आगामी आर्थिक वर्ष २०८३ भित्र लेख बराइ सम्म सडक निर्माण कार्य पुरा गर्ने समेत सोही कार्यक्रममा बताएको सदस्य ऐडीले बताएका छन् ।  जसका लागि ६ करोड बजेट विनियोजन गरिएको समेत सोही कार्यक्रममा स्थानियवासीलाई जानकारी समेत गराएका थिए ।

सर्केगाड गाउँपालिका वडा नम्बर ६ मा फोजी सेवा सुचारु हुँदा यहाँका स्थानियले सजिलै देश विदेशका खवर आदान प्रर्दान गर्न भएको र गाउँपालिकालाई पनि नेट इन्टरनेट‍बाट हुने कामहरु गर्न सहज भएको अध्यक्ष रोकायाले बताएका थिय । सोही उद्घाटन कार्यक्रमको अध्यक्षता सर्केगाड गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष पदमबहादुर बारकोटे शाहीको र प्रमुख आतिथ्य सोही गाउँपालिका अध्यक्ष  रोकायाको रहेको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९