राज शाही आइतबार, पौष ०६, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्ला ४ वटा आरसिसि भवनको एक साथ उद्घाटन गरिएको छ । सो उत्घाटन कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नं ६ मा गरिएको हो ।

निर्वाचनका वेला शिक्षा स्वास्थ्य, रोजगारी, भोतिक संरचना सँगै जनताको घरदैलोमा सरकार भएको अनुभुति गराउने बाचा गरेका सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले  ४ वटा आर सिसि भवनको एक साथ आइतबार उत्घटन गरेको नेपाल पत्रकार महासंघका जिल्ला सदस्य भक्तराज ऐडीले बताएका छन् ।

उद्घाटन गरिएका आर सी सी भवनहरुमा वडा कार्यालयको भवन, स्वयम्भू आधार भूत विद्यालय भवन, स्वास्थ्य कार्यालय र बर्थिङ सेन्टर भवन रहेका छन । एक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा रिबन काटेर  गाउँपालिका अध्यक्ष रोकायाले उत्घाटन गरेको जानकारी प्राप्त भएको छ ।  उद्घाटन कार्यक्रममा ६ नम्बर वडा कार्यालयका स्थानीय बासी, गाउँपालिकाका कर्मचारी र सुसा परियोजनाका संयोजक लगायतका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

उत्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकायाले आफु चुनावी अभियानमा गरेका केही प्रतिबद्दताहरु आज पूरा गरेको र अन्य गर्न बाकी रहेकाले ति पनि आफ्नो कार्यकालमा पुरा गर्ने बताएका थिए । सो कार्यक्रमा रोकायाले सर्केगाड गाउँपालिकाका हरेक वडामा सडक निर्माण कार्य भएको र आगामी आर्थिक वर्ष २०८३ भित्र लेख बराइ सम्म सडक निर्माण कार्य पुरा गर्ने समेत सोही कार्यक्रममा बताएको सदस्य ऐडीले बताएका छन् ।  जसका लागि ६ करोड बजेट विनियोजन गरिएको समेत सोही कार्यक्रममा स्थानियवासीलाई जानकारी समेत गराएका थिए ।

सर्केगाड गाउँपालिका वडा नम्बर ६ मा फोजी सेवा सुचारु हुँदा यहाँका स्थानियले सजिलै देश विदेशका खवर आदान प्रर्दान गर्न भएको र गाउँपालिकालाई पनि नेट इन्टरनेट‍बाट हुने कामहरु गर्न सहज भएको अध्यक्ष रोकायाले बताएका थिय । सोही उद्घाटन कार्यक्रमको अध्यक्षता सर्केगाड गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष पदमबहादुर बारकोटे शाहीको र प्रमुख आतिथ्य सोही गाउँपालिका अध्यक्ष  रोकायाको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९