हुम्ला जिल्लामा अन्तर पालिका अपाङ्गता समन्वय समिति गठन गरिएको छ । गठन सहारा समुह हुम्लाले आयोजना गरेको अपाङ्गता रोकथाम तथा क्षमता विकास सम्बन्धि ५ दिने तालिममा गरिएको हो । गठन गरिएका पालिका स्तरिय समन्वय समितिले गाउँपालिकामा रहेका अपाङ्गताको अवस्थाको पहिचान,अपाङ्ग परिचय पत्र प्राप्त गरेका छन , वा छैनन्, परिचय पत्र प्राप्त अपाङ्गहरुले पाउने सेवा सुविधा पाएका छन् वा छैनन्, अपाङ्गको नाममा गैर अपाङ्गले सेवा सुविधा लिएका छनकी, आफ्नो गाउँपालिकामा अपाङ्ग के कति रहेका छन् भन्ने बारेमा लगत संकलन कार्य गरिने सहारा समुह हुम्लाका निर्देशक सुर्य प्रसाद पौडेलले बताएका छन् ।

खगेन्द्र रावतको संयोजगत्वमा ११ सदसिय अपाङ्ग समन्वय समिति गठन गरिएको हो । जसमा रावत अध्यक्ष, राजु बोहोरा, रवि रोकाया, तेन्जिन छिक्यु लामा, नानी हमाल, भैरब बहादुर शाही, शुकराज परियार, जिवराज फडेरा, कृष्ण धामी, शुशिला परियार र गोपाल रोकाया सदस्य रहेको निर्देशक पौडेलले बताएका छन् । उक्त गठन कार्य तालिमको ५ दिनको अवधिमा गरिएको हो ।