राज शाही शुक्रबार, पौष ०४, २०८२ मा प्रकाशित

हुम्ला जिल्लामा अन्तर पालिका अपाङ्गता समन्वय समिति गठन गरिएको छ । गठन सहारा समुह हुम्लाले आयोजना गरेको अपाङ्गता रोकथाम तथा क्षमता विकास सम्बन्धि ५ दिने तालिममा गरिएको हो । गठन गरिएका पालिका स्तरिय समन्वय समितिले गाउँपालिकामा रहेका अपाङ्गताको अवस्थाको पहिचान,अपाङ्ग परिचय पत्र प्राप्त गरेका छन , वा छैनन्, परिचय पत्र प्राप्त अपाङ्गहरुले पाउने सेवा सुविधा पाएका छन् वा छैनन्, अपाङ्गको नाममा गैर अपाङ्गले सेवा सुविधा लिएका छनकी, आफ्नो गाउँपालिकामा अपाङ्ग के कति रहेका छन् भन्ने बारेमा लगत संकलन कार्य गरिने सहारा समुह हुम्लाका निर्देशक सुर्य प्रसाद पौडेलले बताएका छन् ।

खगेन्द्र रावतको  संयोजगत्वमा ११ सदसिय अपाङ्ग समन्वय समिति गठन गरिएको हो । जसमा रावत अध्यक्ष, राजु बोहोरा, रवि रोकाया, तेन्जिन छिक्यु लामा, नानी हमाल, भैरब बहादुर शाही, शुकराज परियार, जिवराज फडेरा, कृष्ण धामी, शुशिला परियार र गोपाल रोकाया सदस्य रहेको निर्देशक पौडेलले बताएका छन् । उक्त गठन कार्य तालिमको ५ दिनको अवधिमा गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९