राज शाही बुधबार, पौष ०२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्ला विस्तारै अंध्यारोबाट उज्यालो तिर लम्कदै गएको छ । यस अघि सल्लाको दियालोमा बस्ने स्थानिय अव बत्तीको उज्यालोमा बस्न थालेका छन् । हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका ४४ वटा वडामा नेपाल सरकार तथा गैर सरकारी संस्थाले विद्युतबाट बत्ती निकाल्न थाले पछि हुम्ली विस्तारै अध्यारोबाट उज्यालो तिर लम्किन थालेका हुन ।

यसै क्रममा २ करोड ४० लाखको लागतमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं ६ छ्यागी खोला जलविद्युत आयोजनाको पावरहाउसमा आज बत्ती बलेको सोही वडाका वडा अध्यक्ष पदमबहादुर बारकोटे शाहीले बताएका छन् । गत भदौबाट निर्माण गर्न सुरु गरेको बैकल्पिक उर्जाले करिव ४ महिनामा विद्युत उत्पादन सँगै लाइन विस्तार गर्ने कार्य सम्पन्न गरेको छ ।१ सय ४० घरधुरी रहेको छ्याँगी गाउँका लागी लाइन विस्तार गर्ने कार्य सम्पन्न भएको र अवको २।३ दिन पछि छ्याँगी गाउँमा बत्तीको करेन्ट प्रवाह गरी गाउँ झिलीमिली गरिने वडा अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९