हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका स्तरीय कक्षा आठको बार्षिक परिक्षा मंगलबारबाट सुरु भएको छ । गाउँपालिकाले दुइ वटा केन्द्रमा सो परिक्षा दिने ब्यवस्था गरेको हो । जोगराज आधारभूत बिध्यालय केन्द्र याँङचु र मालिका माध्यामि विद्यालय लालीलाई परिक्षा केन्द्र तोकेको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित जोक राज आधारभुत विद्यालयमा जम्मा ६७ जना कक्षा ८ का विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा छात्रा ३५ र छात्र ३२ गरी ६७ जनाले आज पहिलो दिन अंग्रजी विषयको परिक्षा दिएको जोकराज आधारभुत विद्यालयका प्रधानाध्यापक धिरेन्द्र शाहीले बताएका छन् ।

सो विद्यालयमा खार्पुनाथ गाउँपालिका वडा नं ५ को मान्धारा माध्यामिक विद्यालय, बागेस्वरी आधारभुत विद्यालय र सिता माध्यामिक विद्यालयका विद्यार्थीले परिक्षा दिइ रहेको प्रधानाध्यापक शाहीले बताएका छन् । आज पहिलो दिनको परिक्षालाई सोही गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही,खार्पुनाथ ५ का वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य भरतजङ शाही , सुरक्षा प्रमुख रामदत्त पन्त लगायत जिम्मेवारी ब्यक्तिहरुले उक्त परीक्षाको अनुगमन तथा निरीक्षण गरेको खार्पुनाथ शिक्षा शाखाका ललित जंग शाहीले बताएका छन् । आजको परीक्षा शान्त, मर्यादित, अनुशासित तवरले संचालन भएको खार्पुनाथ गाउँपालिका प्रवक्ता भरतजंग शाहीले बताएका छन् ।