राज शाही सोमबार, मंसिर ३०, २०८२ मा प्रकाशित

अपाङ्गता रोकथाम तथा क्षमता विकास सम्बन्धीको ५ दिने अनुशिक्षण कार्यक्रम सुरु भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र सहारा समुहको आयोजनामा उक्त कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो . पहिला पहिला फरक क्षमता भएका व्यक्तीहरुलाई उनको प्रकृती हेरेर गाइ गोरु गोठालो लगाउने,घरमै बाँधेर राख्ने गरिएकोमा अहिले नेपाल सरकारबाट फरक क्षमता भएका व्यक्तीहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य उपचार, शिक्षा दिक्षा सहज ढंगले दिने गरेको प्रहरी नायव उपरिक्षक संकर खड्काले  बताएका छन् ।

फरक क्षमता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको प्रकृति छुट्याइ अपाङगता परिचय पत्र दिने गरेको र सोही अनुसार राज्यले भत्ता उपलब्ध गराउनुका साथै विभिन्न निकायमा आरक्षण दिने गरेको सामाजिक विकास कार्यालय प्रमुख इश्वर बहादुर सिंहले बताएका थिए । बास्तविक अपाङ्ग भन्नदा पनि कृतिम अपाङ्गले राज्यबाट पाउने सेवा सुविधा लिएको, त्यसलाई निरुत्साहित गर्न सिमकोट गाउँपालिका बास्तविक अपाङहरुको घर दैलोमा पुगी पहिचान गरी सोही अनुसार अपाङ्ग परिचय पत्र दिने गरेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले  बताएका थिए ।

हुम्ला जिल्लामा हाल सम्म अपाङ्ग मत्री भौतिक संरचना निर्माण नभएको, अव बन्ने भौतिक संरचना अपाङ्ग मैत्री हुनु पर्ने, हुम्ला जिल्लामा स्थापना भएका विद्यालय सरकारी कार्यालय सँगै गैर सरकारी कार्यालयमा समेत अपाङ मत्री सडक, भवन, हुनु पर्ने सहाक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले  बताएका छन् ।

सिमकोट गाउँपालिका उपाध्यक्ष शसिला रोकाया, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावत,  सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावत, पत्रकार महासंघका अध्यक्ष राजन रावतले उक्त कार्यक्रममा आफ्नो भनाइ तथा शुभकामना समेत राखेका थिए।

हुम्ला जिल्लाको सरकारी तथा गैर सरकारी कार्यालय सँगै अन्य निकायमा काम कार्य गर्दा असज भएकाले सिमकोट गाउँपालिका सँगै हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाले एक एक जना दोभासेको व्यवस्था गर्न साहारा समुहका कार्यकारि निर्देशक एव सोही कार्यक्रमका अध्यक्ष सुर्य प्रसाद पौडेलले उक्त कार्यक्रममा जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९