आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको बिक्री बितरण नियन्त्रण ऐन २०४९ सम्बन्धी अभिमुखीकरण गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा संचालन भएको उक्त अभिमुखीकरणको अध्यक्षता जिल्ला स्वास्थ्य सेवा कार्यालय निमित्त प्रमुख भिमबहादुर बुढाको र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावतको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा स्तनपानको संरक्षण र सम्वर्दधन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (जस्तैः बट्टाको दूध, दूधदानी) को बिक्री वितरणलाई नियमन गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्नु पर्ने विषय बस्तु माथि जिल्ला स्वास्थ्य सेवा कार्यालयका नि प्रमुख बुढाले प्रशिक्षण गराएका थिए ।

स्वास्थ्यकर्मीहरुले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको नमुना कसैसँग लिनु वा कसैलाई पनि दिनु हुँदैन ।स्वास्थ्यकर्मीहरुले आमाहरुलाई बट्टाको दूध, दूधदानी जस्ता आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सिफारिस गरी स्तनपान सुरु तथा निरन्तरताको लागि निरुत्साहित गर्ने काम गर्नु हुँदैन ।स्वास्थ्यकर्मीहरुले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुका उत्पादक वा वितरकबाट कुनै पनि किसिमको आर्थिक वा भौतिक उपहार लिनु हुँदैन गरेमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१” बमोजिम कार्वाहीको व्यवस्था गरिएको जिल्ला सरकारी वकिल निसा केसीले बताएकी थिइन ।
पहिलो विगौती दुध बच्चालाई खुवाउनै पर्ने, विगतमा हामीले गाउँ घरमा विगौउती दुधले बच्चाको पेट बिगार्छ भन्ने भ्रम रहेकाले त्यसलाई अन्त्य गर्दै विगौती दुध आमाले बच्चालाई खुवाउनै पर्ने, दुध खुवाउने तरिका हुम्लाका गाउँ घरमा स्वास्थ्यकर्मीले सिकाउनु जरुरी रहेको सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका थिए ।
आमाको दुधले बच्चालाई हरेक क्षेत्रमा टेवा पुर्याउने जसले गर्दा बाल मृत्युदरमा कमी ल्याउने, प्राण घातक रोग लाग्न नदिने,आमाको दुधलाई प्रतिस्थापन गर्ने चिज बस्तुलाई हामी सबै सरोकारवालाले निरुत्साहित गर्नु पर्ने, आमाको दुधको सट्टा अन्य दुध खुवाउनै पर्ने वाध्यता आयमा खाध्य पर्दाथको गुणस्तर नापतौलबाट प्रमाणित गरेर मात्रै खुवाउनु पर्ने आयुवर्द स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर चाहना सर्माले बताएकी थिइ।
आजको सानो लगानीले भोली ठुलो क्षेती हुनबाट जोगाउने भएकाले बालबालिकाको क्षेत्रमा ठुलो लगानी गर्नु पर्ने, बाल मृत्यु दरलाई सुन्यमा पुर्याउनका लागी स्तनपानलाई नियमित गर्नु पर्ने नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताएका थिए।आमाको दुध खुवाउन नसकेको अवस्थामा हुम्ला जिल्लामा बिकल्प खोजिनु पर्ने पत्रकार महासंघका अध्यक्ष राजन रावतले बताएका थिए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका स्टाप नर्स सर्मिला गिरी र टसी पाल्जोर तामाङले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति कैलास भण्डारी,नेकपा एमालेका उपाध्यक्ष प्रकास बहादुर शाही, राष्टिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास महत, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, चार वटै सुरक्षा निकायका प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख इश्वरबहादुर सिंह, रेडियो कैलास न्युज अफिसर राज शाही, रेडि कर्णालीका वेलुमाया महतारा लगायत जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि सँगै जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य संयोजक स्टाप नर्स अनमी लगायतको उपस्थित रहेको थियो ।
सोही अभिमुखीकरण कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावत लगायतका व्यक्तीहरुले आ आफ्नो भनाइ सँगै मन्तव्य राखेका थिए ।