बिप्लप नेतृत्वको नेकपा माओवादीको छैटौ बैठक हुम्ला जिल्लामा सम्पन्न भएको छ । बैठक हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बसेको कृष्णले बताएका छन् । जिल्ला सेक्रेटरी विश्वदिप सिको अध्यक्षता र पार्टी पि विएम एटम सिको प्रमुख आतिथ्य सँगै युवा संगठनका मिनेसि, केन्द्रिय सदस्य कृष्ण सिं र सचिवालय सदस्य निर्माण सिंको आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त बैठकले जिल्ला इन्चार्जमा कृष्ण सिलाई निर्बाचित गरेको छ । त्यसै गरी सोही बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी कुम्भ बुढालाई उम्मेदवार बनाउने र चुनाबी प्रचार प्रसारमा जाने निर्णय गरेको विश्वदिप सिले बताएका छन् । भष्टचारी,दलाली विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय समेत गरेको सेक्रेटरी विश्वदिपले बताएका छन् ।