राज शाही आइतबार, मंसिर २९, २०८२ मा प्रकाशित

ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय प्रमुख संकर खड्का,सहाय प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, सामाजिक विकास कार्यालय प्रमुख इश्वर बहादुर सिंह, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अर्जुनराज जोसीकोको सहजीकरणमा उक्त कार्यक्रम संचालन भएको हो । सोही कार्यक्रममा प्रहरी प्रमुख खड्काले मानसरोवर नमुना माध्यामिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बालबिबाह, बहुबिबाह र ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण गरेका थिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटका वरिष्ठ अनमी सरिता बोहोराले उत्घोण गरेको कार्यक्रममा सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारी,  आधार नेपालका शिक्षा संयोजक कुन्जोक लामा,मानसरोवर नमुना माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक राजबहादुर शाही सँगै पत्रकार महासंघका अध्यक्ष राजन रावत, रेडियो कैलास, रेडियो कर्णाली प्रमुख एव प्रतिनिधिको  उपस्थित रहेको थियो ।

कार्यक्रममा मदिरा सेवन गरी सवारी साधन चलाउदा हुने क्षेती, ट्राफिक नियम पालना नगर्दा तिर्नु पर्ने जरिवाना, पदैल यात्रुले रोडक्रस गर्दा ध्यान दिनु पर्ने कुरा, सवारी चालक अनुमती पत्र नलिइ सवारी साधन चलाउदा हुने क्षेतीका बारेमा प्रहरी प्रमुख डिएसपी संकर पोखरेलले उपस्थितलाई अनुशिक्षण  गराएका थिए । उक्त कार्यक्रम आइतबार दिनको १२ बजेबाट  संचालन भएको थियो ।

हुम्ला जिल्लामा यो पछिल्लो समय सवारी साधनको चाप बढे सँगै विद्यार्थी स्थानियवासी सरोकारवाला निकायलाई ट्राफिक नियम बारे जानकारी गराउनु अतिआवश्यक रहेकाले पनि यो कार्यक्रमको आयोजना गरिएको जिल्ला अस्पतालका नर्सिङ स्टाप सरिता बोहोराले बताएकी छन् । यो कार्यक्रम संचालन गर्नुको मुख्य उद्देश्य सवारी दुर्घटना कम गराइ स्थानियवासीको जिउज्यानको सुरक्षा गर्नु रहेको बोहोराले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९