नन्द सिंह बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,

चंखेली गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । आ.व २०७७÷०७८ को कुल बजेट साढे २८ करोड रहेको छ । यसमा सबभन्दा धेरै पूर्वाधार विकासमा रहेको छ भने सबभन्दा कम वातावरण तथा विपद व्यस्थापनमा रहेको छ ।

गापाको प्रस्तुत गरिएको बजेटलाई पाँच मुख्य शिर्षकमा विनियोजन गरिएको छ । जसमा वातारण तथा विपद व्यवस्थापनमा जम्मा ५ लाख रहेको छ भने आर्थिक विकासका लागि १ करोड ३७ लाख रकम विनियोजन गरिएको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ७ करोड ४६ लाख रकम रहेको छ । सामाजिक विकासका लागि ९ करोड ३४ लाख ४९ हजार रकम रहेको छ । पूर्वाधार विकासका लागि १० करोड ३९ लाख बजेट विनियोजन गरिएको उक्त गापाका उपाध्यक्ष विमला शाहीले जानकारी दिइन् ।
त्यस्तै सो गापाले आव २०७७ र ०७८ का लागि चालुतर्फ १८ करोड ६७ लाख ४५ हजार बजेट छुट्याएको छ भने पूँजीगतर्फ ९ करोड ८४ लाख ४५ हजार रहेको छ । यो गापाको कुल बजेट २८ करोड ५२ लाख ६६ हजार ४ सय रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९