नन्द सिंह बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

हुम्ला,

चंखेली गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । आ.व २०७७÷०७८ को कुल बजेट साढे २८ करोड रहेको छ । यसमा सबभन्दा धेरै पूर्वाधार विकासमा रहेको छ भने सबभन्दा कम वातावरण तथा विपद व्यस्थापनमा रहेको छ ।

गापाको प्रस्तुत गरिएको बजेटलाई पाँच मुख्य शिर्षकमा विनियोजन गरिएको छ । जसमा वातारण तथा विपद व्यवस्थापनमा जम्मा ५ लाख रहेको छ भने आर्थिक विकासका लागि १ करोड ३७ लाख रकम विनियोजन गरिएको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ७ करोड ४६ लाख रकम रहेको छ । सामाजिक विकासका लागि ९ करोड ३४ लाख ४९ हजार रकम रहेको छ । पूर्वाधार विकासका लागि १० करोड ३९ लाख बजेट विनियोजन गरिएको उक्त गापाका उपाध्यक्ष विमला शाहीले जानकारी दिइन् ।
त्यस्तै सो गापाले आव २०७७ र ०७८ का लागि चालुतर्फ १८ करोड ६७ लाख ४५ हजार बजेट छुट्याएको छ भने पूँजीगतर्फ ९ करोड ८४ लाख ४५ हजार रहेको छ । यो गापाको कुल बजेट २८ करोड ५२ लाख ६६ हजार ४ सय रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९