राज शाही सोमबार, मंसिर २३, २०८२ मा प्रकाशित

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको सामाजिक विकास कार्यालयमा निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिको बैठक बसेको छ । निशुल्क लोकसेवा तयारी कक्षा समितिका संयोजक इश्वर बहादुर सिंहको संयोजगत्वमा बसेको बैठकले ४ वटा निर्णय गरेको छ ।

जसमा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट पुस १ अगाडी प्रारम्भिक व्यवस्थापन खर्च रु ६ लाख संकलन गर्ने,कर्णाली प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष बसन्ती कुमारी शाहीको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच उद्घाटन गर्ने, सम्बन्धित पालिकाको हिउदे सभाबाट कार्यविधि पारित गर्न मस्यौदा पेश गर्ने र कक्षा सन्चालनको लागि संयुक्त खाता संचालन गर्ने संयोजक सिंहले बताएका छन् ।

उक्त बैठकमा निशुल्क लोकसेवा तयारी कक्षा समितिका संयोजक इश्वरबहादुर सिंह सदस्य विशाल बोहोरा, लोकेन्द्रकुमार शाही, धनन्जय जेठारा, डम्बर खराल, कृष्ण प्रसाद आचार्य र कुन्जोक लामाको उपस्थित रहेको थियो । त्यसै गरी आमन्त्रीतमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बर्ष बहादुर फडेरा,धुर्व शाही, मानबहादुर शाहीको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९