हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ । मंसिर २२ गते आज सोमबार हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा स्थापित मालिका माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टक्कबहादुर शाहीले बताएका छन् ।
विरेन्द्र शाहीको अध्यक्षतामा ९ सदसिय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जसमा अध्यक्ष विरेन्द्र बहादुर शाही, सदस्यहरुमा खडक बुढा, गुरुचन्द जैसी, रुन्सरी कामी, साौमती कामी, डबल बहादुर शाही, समिक्षा शाही र शिक्षक प्रतिनिधिमा हिमबहादुर शाही रहेका छन् ।
त्यसै गरै आजै उक्त विद्यालयको शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । जसमा अध्यक्ष रविन्द्र शाहीको अध्यक्षतामा ११ सदसिय विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले बताएका छन् । सबै बर्ग जात जातीको प्रतिनिधि हुने गरी उक्त विद्यालय व्यवस्थापन समिति सहमतीमा चयन गरिएको जानकारी प्राप्त भएको छ ।