राज शाही आइतबार, मंसिर २२, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । सामाग्री वानहट ओल्डवाइड स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसि हुम्लाले सहयोग गरेको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत पर्ने प्रस्तुति गृहका लागी उक्त सामाग्री वितरण गरिएको  एस आइ डिसी फिल्ड अफिसर रिक्जिन आङमु लामाले बताएकी छन् । उक्त संस्थाले जिल्ला अस्पतालको प्रसुति गृहका लागी ३५ प्रकारका सामाग्री वितरण गरेको छ ।

आइतबार जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर उमाकान्त तिवारीलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा  डेलीभरी बेट, अक्सिजन सिलिन्डर, ट्रली र पेरी लाईट, डेली भरी सेट, इपीसेट, केएमसी सेट, इम्पलान्ट सेट, तातो पानी तताउने कितली, रिबलविङ कुर्ची, फुट स्टेप, रवर सेट, अटो केलेप टेप, बलट प्रेसर इन्स्टुमेन्ट रहेको वानहट ओल्डवाइडका जिल्ला संयोजक प्रकास शर्माले बताएका छन् ।

त्यसै गरी अन्य सामाग्रीहरुमा  फिटोस्कोप, डिजिटल थर्मोमिटर, र्यापर, कोचरफोर्सेप,  आइभी स्टान, लिट हेटल्याप, पेरीलाईट, अक्सिजन सिलिन्डर, फिटल डब्लर, नियोन्याटल एम्बु व्याक, रुम थर्मोमिटर, पेङगुइन सक्सन, र्यापर, नियोन्याटल इस्थेसकोप, मेजरिङ टेप, इस्टुमेन्ट ट्रेय उइथ कबर, म्याकिनटोस, पलास्टिक एर्पोन, मायोस ट्रलि, इपिसेट, प्रि इकलामसिया / इकलामसिया, म्यानेजमेन्ट सेट, केलिफोर्सेफ, इम्पलान्ट रिमोवल सेट, इम्पलान्ट इन्सटन सेट र व्यान्डेज सिजर वितरण गरिएको एस आइ डिसीका SMNHS का परियोजना संयोजक अनु रोकायाले बताएकी छन् ।

उक्त सामाग्री सहयोगका लागी वानहट ओल्डवाइड  एस आइ डिसिको १ लाख एकचालिस हजार ६ सय ४९ रुपैंया ८३ पैसा आर्थिक लगानी भएको  एस आइ डिसिका फिल्ड अफिसर सर्जन रोकायाले बताएका छन् ।

सो हस्तान्तरण कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर तिवारी, नर्सिङ स्टाप  सरिता बोहोरा र पहेन सपना रानामगर, एस आइडिसिका निर्देशक गोविन्द शाही र बोर्ड सदस्य छपाल लामा, लेखपाल तुलाराम बुढाथोकी लगायतका सरोकारवालाको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९