राज शाही शनिबार, मंसिर २१, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा जंगली जनावर भालुको आतङक बढेको छ । यस अघि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारको वडा नं ५ सिमसार क्षेत्रमा ३ जान घाइते बनाएको थियो । जस मध्य २ जना सक्त घाइते भएका थिए । जसको जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकि जिल्ला बाहिर थप उपचारका लागी रिफर गरिएको थियो । यति वेला भालुले कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं ४ याल्बाङमा भालुले आतङक मचाएको स्थानियवासी छपाक लामाले बताएका छन् । स्थानियवासीको घर गोठमै भालु आइ घरपालुवा पशु चौपाए समेत मार्ने गरेको लामाले बताएका छन् ।

अहिले सम्म ६ वटा घरपालुवा पशु चौपाय मारि सकेको सोही गाउँपालिका वडा नं ४ मा स्थापना भएको सिटिजन बैंक म्यानेजर इश्वर बोहोराले बताएका छन् ।६ वटा घर पालुवा पशु चौपाय  भालुले मारी दिदा स्थानियवासीलाई निकै क्षेती बनाएको बोहोराले बताएका छन् । सामान्यतया एक वटा पशुको मुल्य ६० हजार कायम गरे पनि ६ वटा पशुको करिव ३ लाख ६० हजार क्षेती गरेको जानकारी प्राप्त भएको छ ।

त्यसै गरी उक्त जंगली जनावर भालुले मौरी पालन व्यवसायलाई निकै क्षेती बनाएको छ । स्थानियवासीले ठुलो मिहिनेत गरी मौरीका घार बनाइ मह उत्पादन हुने वेलामा मौरीका घारलाई भालुले खाइदिदा मह उत्पादनमा निकै क्षेती बनाएको स्थानियको गुनासो रहेको छ ।

कानूनी उपचार

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ बमोजिमभालुले घाइते बनाएमा, अंग भंग गरेमा वा भालुका कारण मृत्यु भएमा पनि सरकारले राहत दिने गरेको छ । निर्देशिकामा भालुका कारण सामान्य घाइते भएमा २० हजार, गम्भीर घाइते भएमा २ लाख र मृत्यु भएमा १० लाख रूपैयाँ राहत स्वरुम दिइने उल्लेख गरिएको छ  । अन्य वन्यजन्तुको हकमा पनि यही प्रावधान रहेको छ । निर्देशिमा वन्यजन्तुका कारण घाइते भएर जीवनभर अंगभंग भएर बस्नुपर्ने अवस्था भएमा त्यस्ता घाइतेहरुलाई एकमुष्ठ ५ लाख रूपैयाँ दिने व्यवस्था कानूनी व्यवस्था रहेको छ ।

 पशु चौपायको क्षेतीपुर्तीको  व्यवस्था 

घरपालुवा जनावारहरुलाई वन्यजन्तुले गर्ने क्षतिको रकम पनि वृद्धि गरिएको छ । निकुञ्ज तथा आरक्ष क्षेत्रबाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परेर घरपालुवा पशुको मृत्यु भएमा ६० हजार रूपैयाँसम्म दिने व्यवस्था गरिएको छ । भैंसी वा राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा, खच्चडाको मृत्यु भएमा मूल्यांकनको आधारमा प्रति पशु ६० हजार रूपैयाँ दिइने उल्लेख छ ।  अन्य पशुको हकमा १० हजार रूपैयाँ दिने निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९