राज शाही शुक्रबार, मंसिर २०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाको योदान, भन्ने नारा सहित सुक्रवार जिल्ला भर २२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइएको  छ। यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ। सरकारी तथ्यांक अनुसार  हरेक वडामा कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन्। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पुर्‍याउदै आएका छन्। विशेषतः  मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, गर्दै आएको जिल्ला अस्पतालका डाक्टर उमाकान्त तिवारीले  बताएका छन।

स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुको भुमिका महत्वपुर्ण भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले  बताएका थिए ।

सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पुरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्य अनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/४६ (सन् १९८८) देखि स्वास्थ्य स्वयं सेवक कार्यक्रमको शुरूवात गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला रोकायाले बताएकी थिइन।

जनताको स्वास्थ्य सुधारमा समुदायको सहभागिता बढाउने, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई स्वास्थ्य क्षेत्रको उत्प्रेरकको रूपमा विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा माग सृजना गरी स्वास्थ्य सेवाको उपयोगिता बढाउनु महिला स्वास्थ्य स्वयम सेविकाको मुख्य भुमिका रहेको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताएका थिए ।

कर्णाली प्रदेशको हुम्ला जिल्लामा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवस फरक ढंगले मनाइएको छ । यस अघि बजारमा र्याली गरी कोण सभामा परिणत भइ भाषण गर्ने परम्परालाई अन्त्य गरीएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा, वान हर्ट स्नोल्याण्ड एकिकृत विकास केन्द्र (एस आइ डिसि) र एम डि आइको  प्रायोजकमा उक्त दिवस मनाइएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्टाप नर्स सर्मिला गिरीले साहित्य सहितको उत्घोषण गरेको कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं १ देखि ६ सम्मका महिला स्वय सेविकाको उपस्थित रहेको थियो । महिला स्वयम सेविकाले समुदायमा खेल्ने भुमिकाका बारेमा देउडा गित मार्फत महिला स्वयम सेविकाले  प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम सुक्रबार दिनको १२ बजे जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९