राज शाही बिहिबार, मंसिर १९, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो । चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली काेरिडोरको च्याछरादेखि याल्वाङ गौडासम्मको सडकको सिमेन्टको काम बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताएका छन । उक्त सडकमा सिमेन्टको काम गर्दा सेट हुन नसकेपछि तयार पारिएको मसला समेत खेर गएको कारण हाललाई काम बन्द गरिएको उनले बताएका छन । चिसोको कारण दुई वटा योजनामा सिमेन्टको काम बन्द गरिएको बताउँदै उनले यसलेगर्दा काम गर्न ढिलाइ हुने बताएका छन ।

यता पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालन गरिएको सिमकोट खार्पु (मानसरोवर कैलाश गेटवे) एकीकृत पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत छ वटा योजनामा सिमेन्टको काम बन्द गरिएको कार्यालय प्रमुख नरेशराज जैसीले बताएका छन । यद्यपि सिमेन्ट बाहेकका अन्य काम भने सुचारु हुने उनले बताएका छन । यसरी बन्द गरिएका पूर्वाधार विकासका योजनामा बालमन्दिर मावि भवन, कालाशिल्ता मन्दिर (माडु) विजय होटेलबाट मानसरोवर माविसम्मको सडक ढलान, विधुत चोकबाट तल्लो गाउँ सडक ढलान, शिव मन्दिर निर्माण र तल्लो गाउँ सडक ढलानको सिमेन्टको काम बन्द गरिएको कार्यक्रमका लागि निर्माण कम्पनीका प्रतिनिधि विजय लामाले बताएका छन । चिसोले काम नहुने भएपछि दुई वर्षमा सम्पन्न गर्नुपर्ने अधिकांश योजनाको निर्माण कार्यमा ढिलाइ हुने उनले बताएका छन ।

यता सामाजिक विकास कार्यालयले ६६ वटा योजनाहरूको निर्माण कार्य अगाडि बढेको भए पनि सिमेन्टको काम आगामी माघ १५ गतेसम्म बन्द गरिएको कार्यालयका सब इन्जिनियर धर्मराज बोहरोले बताएका छन ।त्यसैगरी नाम्खा गाउँपालिकाले पनि आफ्ना केही योजनाहरूको सिमेन्टको काम गर्नुपर्ने योजनाको काम बन्द गर्नु परिरहेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी सिमकोट गाउँपालिकाले पनि आफ्ना सिमेन्टको काम गर्नुपर्ने योजनाको सिमेन्टको काम नहुने भएपछि काम बन्द गर्नु परेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९