राज शाही बुधबार, मंसिर १८, २०८२ मा प्रकाशित

३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ताजाकोट गाउँपालिकामा मनाइएको छ ।  मदनादेव माध्यामिक विद्यालय, चन्द्रदेव माध्यामिक विद्यालय, रामदेव आधारभुत विद्यालय, क्षत्रपाल आधारभुत विद्यालय र धर्मोदय माध्यामिक विद्यालय ताँजाकोटका विद्यार्थीको सहभागितमा  उक्त दिवस मनाइएको हो । ताँजाकोट गाउपालिकाको आयोजना र अपाङगता अधिकार कोषको आर्थिक र हेड नेपाल संस्थाको सहयोगमा दिवस मनाइएको छ ।सोही दिवसको अवसरमा निम्न माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतयोगितामा सहभागिता रहेका थिए ।

 

वक्तित्वकला प्रतियोगितामा छात्रा तर्फ चन्द्र प्रकास माध्यामिक विद्यालयका विद्यार्थी पप्लीका ढकाल, दितिय मदनादेव माध्यामिक विद्यालयका जानु बोगटी, तृतिय धर्मोदय माध्यामिक विद्यालयका अन्जना सार्की, सान्तोना ,,रामदेव आधारभुत विद्यालयकी अरुणा शाही, क्षेत्रपाल आधारभुत विद्यालयका विमला रोकाया भएका छन् ।

छात्र तर्फ प्रथम धर्मोदय माध्यामिक विद्यालयका नवीन उपाध्याय,दृतिया चन्द्रप्रकाश माध्यामिक विद्यालयका विराज बोगटी, तृतीय मदना देव माध्यामिक विद्यालयका गोरख बोगटी,सान्तोना क्षेत्रपाल आधाराभुत विद्यालयका सन्तोष रोकाया र रामदेव आधारभुत विद्यालयका पवन हमाल भएको हेड नेपालका स्वास्थ्यकर्मी भक्तराज ऐडीले बताएका छन् ।कार्यक्रममा हेड नेपाल संस्थाको सार्वजनिक सुनुवाई, सल्लाहकार समिति बैठक, कचहरी लगायत विषयमा सम्वाद तथा अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा १ सय ३५ जना स्थानियवासीको सहभागीता रहेको थियो ।

प्रतियोगितामा सहभागी छात्र छात्रालाई पुरस्कार ताजाकोट गाउँपालिकाले व्यवस्था गरिएको थियो  । कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा संचालन भै समापन गरिएको स्वास्थ्यकर्मी ऐडीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९