राज शाही शनिबार, मंसिर १४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

आँखाको मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर संचालन भएको छ । उक्त शिविर  कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा संचालन भएको हो । मंसिर ११ र १२ गते नाम्खा गाउँपालिका केन्द्र याल्बाङमा संचालन भएको शिविरमा आँखाको चेक जाँच ५ सय २४ जना मध्य मोतिया विन्दु शल्यक्रिया २४ जनाको गरिएको सोही गाउँपालिका स्वास्थ्य संयोजक ग्याछो लामा (सागर लामा) ले बताएका छन् ।

शिविरमा ३ सय ५० जनालाई हेपाटाइटिस बी खोप लगाइएको र सो खोप लगाउने कार्य नाम्खा गाउँपालिकाका ६ वटै वडामा निरन्तर रुपमा चलिरहेकाले लक्षित वर्गले मौकाको फाइदा लिन पनि संयोजक लामाले जानकारी गराएका छन् । नाम्खा गाउँपालिकाको समन्वय सहकार्य सँगै आयोजनामा र  एक एक पाइला काठमाण्डौको प्राविधिक सहयोगमा  शिविर संचालन भएको लामाले बताएका छन् ।  स्वास्थ्य शिविरलाई  प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ , सहयोय , समन्वय र सहकार्य गर्ने व्यक्ती संस्था समहुदायलाइ नाम्खा गाउँपालिकाले  हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९