राज शाही सोमबार, मंसिर ०९, २०८२ मा प्रकाशित

एक जना सगरमथाको सफल आरोहीलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले स्वागत गरेको छ । सोमबार सिमकोट बिमानस्थलमा महासंघका उपाध्यक्ष छपाल लामाको नेतृत्वमा उनको स्वागत गरिएको हो । हुम्ल जिल्ला सर्केगार्ड गार्डगाउँपालिका–७ को रोडिकोट निवासी दन्तबहादुर छत्याल महासंघले सिमकोट बिमानस्थलमा खदा लगाएर स्वागत गरेको छ ।

गत जेठ ४ गते  बिहान नौ बजेर २० मिनेटको समयमा छत्यालले सगरमथाको सफल आरोहण गरेका थिए । सगरमथा आरोहण गरेपछि पहिलो पटक गृह जिल्ला आएका उनलाई महासंघले स्वागत गरेको हो । अठार वर्ष अगाडी देखि सगरमथा आरोहण गर्ने योजना रहेको तर हाल आएर पुरा भएको आरोही छत्यालले बताएका छन ।

हाल सशस्त्र प्रहरीको सशस्त्र प्रहरी नायव निरीक्षकमा कार्यरत छत्याल प्रधान कार्यालय हलचोकमा कार्यरत रहेका छन । सशस्त्र प्रहरीको अठार वर्षे कार्य अनुभवमा सधै उद्धारका खटिदै आउदा उनलाई सगरमथा चढ्ना आकर्षित गरेको थियो । स्वागत कार्यक्रममा महासंघका पुर्व अध्यक्ष अर्जुन बोहरा, प्रेश युनियन राज शाही, सहसचिब भक्तराज ऐडी र महासंघका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९