राज शाही सोमबार, मंसिर ०९, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

एक जना सगरमथाको सफल आरोहीलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले स्वागत गरेको छ । सोमबार सिमकोट बिमानस्थलमा महासंघका उपाध्यक्ष छपाल लामाको नेतृत्वमा उनको स्वागत गरिएको हो । हुम्ल जिल्ला सर्केगार्ड गार्डगाउँपालिका–७ को रोडिकोट निवासी दन्तबहादुर छत्याल महासंघले सिमकोट बिमानस्थलमा खदा लगाएर स्वागत गरेको छ ।

गत जेठ ४ गते  बिहान नौ बजेर २० मिनेटको समयमा छत्यालले सगरमथाको सफल आरोहण गरेका थिए । सगरमथा आरोहण गरेपछि पहिलो पटक गृह जिल्ला आएका उनलाई महासंघले स्वागत गरेको हो । अठार वर्ष अगाडी देखि सगरमथा आरोहण गर्ने योजना रहेको तर हाल आएर पुरा भएको आरोही छत्यालले बताएका छन ।

हाल सशस्त्र प्रहरीको सशस्त्र प्रहरी नायव निरीक्षकमा कार्यरत छत्याल प्रधान कार्यालय हलचोकमा कार्यरत रहेका छन । सशस्त्र प्रहरीको अठार वर्षे कार्य अनुभवमा सधै उद्धारका खटिदै आउदा उनलाई सगरमथा चढ्ना आकर्षित गरेको थियो । स्वागत कार्यक्रममा महासंघका पुर्व अध्यक्ष अर्जुन बोहरा, प्रेश युनियन राज शाही, सहसचिब भक्तराज ऐडी र महासंघका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९