राज शाही आइतबार, मंसिर ०८, २०८२ मा प्रकाशित

सिमकोट गाउँपालिका न्यायीक समितिमा चालु आर्थिक वर्षमा ११ वटा निवेदन अर्थात फिराद पत्र दर्ता भएका छन् । दर्ता भएका फिराद पत्र मध्य ३ वटा फर्च्छौट भएको सिमकोट गाउँपालिका न्यायिक समिति दर्ता अधिकारी गंगा बुढाले बताएकी छन् । फर्च्छौट भएका निवेदनहरुमा कामदारले ज्याला नपाएको, झैझगडा र लेनदेनका रहेका छन् ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमको कानूनि प्रक्रिया अपनाइ मेलमिलापको माध्यमबाट फर्च्छौट गरिएको सोही गाउँपालिका उपाध्यक्ष एव न्यायीक समितिका संयोजक सुशिला रोकाया भामले बताएकी छन् ।

बाँकी रहेका ८ वटा निवेदन चालु अवस्थामा रहेको र निवेदकहरुलाई तारेखमा राखिएको र विपक्षीलाई म्याद जारी गरी सकिएको र उनीहरुको जवाफ आउने वितिकै स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ बमोजिम मेलमिलाप नभए  फर्च्छौट गरिने र २ बमोजिमका निवेदन मेलमिलापको प्रक्रिया अपनाइने मेलमिलापको  नभए सम्बन्धित कार्यालयमा जानका लागी सिफारिस गरिने उपाध्यक्ष रोकायाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९