राज शाही आइतबार, मंसिर ०८, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिका न्यायीक समितिमा चालु आर्थिक वर्षमा ११ वटा निवेदन अर्थात फिराद पत्र दर्ता भएका छन् । दर्ता भएका फिराद पत्र मध्य ३ वटा फर्च्छौट भएको सिमकोट गाउँपालिका न्यायिक समिति दर्ता अधिकारी गंगा बुढाले बताएकी छन् । फर्च्छौट भएका निवेदनहरुमा कामदारले ज्याला नपाएको, झैझगडा र लेनदेनका रहेका छन् ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमको कानूनि प्रक्रिया अपनाइ मेलमिलापको माध्यमबाट फर्च्छौट गरिएको सोही गाउँपालिका उपाध्यक्ष एव न्यायीक समितिका संयोजक सुशिला रोकाया भामले बताएकी छन् ।

बाँकी रहेका ८ वटा निवेदन चालु अवस्थामा रहेको र निवेदकहरुलाई तारेखमा राखिएको र विपक्षीलाई म्याद जारी गरी सकिएको र उनीहरुको जवाफ आउने वितिकै स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ बमोजिम मेलमिलाप नभए  फर्च्छौट गरिने र २ बमोजिमका निवेदन मेलमिलापको प्रक्रिया अपनाइने मेलमिलापको  नभए सम्बन्धित कार्यालयमा जानका लागी सिफारिस गरिने उपाध्यक्ष रोकायाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९