राज शाही शनिबार, मंसिर ०७, २०८२ मा प्रकाशित

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा शनिवारबाट निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । शनिवारबाट ३ दिन सम्म संचालन हुने उक्त शिवरका लागी हिमालय आँखा अस्पताल घारीपाटन पोखराबाट डाक्टर अनिल पराजुलीको नेतृत्वमा ८ जनाको टोली हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइपुगेको नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका मन्त्री अर्जुन बोहराले बताएका छन् ।

शिविरलाई स्थानिय तहमा नेपाल नेत्रज्योती संघ,नेपाल रेक्रस सोसाइटी र स्वास्थ्य सेवा कार्यालय हुम्लाको सहयोग रहेको छ भने आर्थिक सहयोग रिडलि आइज फउन्डेसनको आर्थिक सहयोग सँगै प्राविधिक सहयोग नेपाल नेत्रज्योती संघ र हिमालय आँखा अस्पताल घारी पाटन पोखराको रहेको छ । शिविरको पहिलो दिन आज २ सय ८४ जनाको आँखा चेक जाँच गरिएको छ । जस मध्य १५ जनाको आज शनिवार सल्यक्रिया गरिएको र सल्यक्रिया गर्नु पर्ने १६ जनाको भोली आइतबार गरिने मन्त्री बोहराले बताएका छन् । शिविर सँचालनका क्रममा औषधी निशुल्क दिने गरिएको छ भने खाना बस्न सेवाग्राही आफैले व्यवस्था गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९