राज शाही शनिबार, मंसिर ०७, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा शनिवारबाट निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । शनिवारबाट ३ दिन सम्म संचालन हुने उक्त शिवरका लागी हिमालय आँखा अस्पताल घारीपाटन पोखराबाट डाक्टर अनिल पराजुलीको नेतृत्वमा ८ जनाको टोली हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइपुगेको नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका मन्त्री अर्जुन बोहराले बताएका छन् ।

शिविरलाई स्थानिय तहमा नेपाल नेत्रज्योती संघ,नेपाल रेक्रस सोसाइटी र स्वास्थ्य सेवा कार्यालय हुम्लाको सहयोग रहेको छ भने आर्थिक सहयोग रिडलि आइज फउन्डेसनको आर्थिक सहयोग सँगै प्राविधिक सहयोग नेपाल नेत्रज्योती संघ र हिमालय आँखा अस्पताल घारी पाटन पोखराको रहेको छ । शिविरको पहिलो दिन आज २ सय ८४ जनाको आँखा चेक जाँच गरिएको छ । जस मध्य १५ जनाको आज शनिवार सल्यक्रिया गरिएको र सल्यक्रिया गर्नु पर्ने १६ जनाको भोली आइतबार गरिने मन्त्री बोहराले बताएका छन् । शिविर सँचालनका क्रममा औषधी निशुल्क दिने गरिएको छ भने खाना बस्न सेवाग्राही आफैले व्यवस्था गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९