राज शाही शुक्रबार, मंसिर ०६, २०८२ मा प्रकाशित

हुम्ला जिल्ला भर नयाँ मतदाता संख्या ३ सय ७२ भएको निर्वाचन कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताएका छन । यस अघि अशोज नौ गतेबाट कार्तिक ३० गते सम्म तोकिएको भए पनि ५ दिन थप गरी मंसिर ५ गते सम्म मतदाता नामवली संकलन गर्ने समयाअवधी थप गरिएको थियो । यस अवधिमा हुम्ला जिल्लाबाट उत्साह जनकरुपमा मतदातामा नावलीमा नाम दर्ता गर्नेको संख्या बढेको प्रमुख रोकायाले बताएका छन । यस अवधिमा मतदाता नामवलीमा नाम दर्ता गराउने युवाको उत्साह देखिएको प्रमुख रोकायाले बताएका छन् ।

१६ वर्ष उमेर पुगेकाको फोटो सहितको मतदाता नामवली संकलन गरिए पनि १८ वर्ष पुगे पछि मात्र मतदान गर्न पाउने संवैधानिक व्यवस्था रहेको छ । आज सुक्रबार मंसिर ५ गते अन्तिम दिन सम्म जिल्ला निर्वाचन कार्यालय हुम्लामा मतदाता नामवलीमा नाम दर्ता गराउने महिलाको संख्या १ सय ६९ र पुरुषको संख्या २ सय ३ जना गरी जम्मा ३ सय ७२ जना रहेका छन् ।

संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी आयोगको निर्णय बमोजिम मंसिर ५ गतेसम्मका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य गर्ने समयाअवधि तोकिएको थियो । सोही  व्यवस्था बमोजिम आफ्नो नाम मतदाता नामावलीमा दर्ता हुम्ली बासीले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९