हुम्ला जिल्ला भर नयाँ मतदाता संख्या ३ सय ७२ भएको निर्वाचन कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताएका छन । यस अघि अशोज नौ गतेबाट कार्तिक ३० गते सम्म तोकिएको भए पनि ५ दिन थप गरी मंसिर ५ गते सम्म मतदाता नामवली संकलन गर्ने समयाअवधी थप गरिएको थियो । यस अवधिमा हुम्ला जिल्लाबाट उत्साह जनकरुपमा मतदातामा नावलीमा नाम दर्ता गर्नेको संख्या बढेको प्रमुख रोकायाले बताएका छन । यस अवधिमा मतदाता नामवलीमा नाम दर्ता गराउने युवाको उत्साह देखिएको प्रमुख रोकायाले बताएका छन् ।
१६ वर्ष उमेर पुगेकाको फोटो सहितको मतदाता नामवली संकलन गरिए पनि १८ वर्ष पुगे पछि मात्र मतदान गर्न पाउने संवैधानिक व्यवस्था रहेको छ । आज सुक्रबार मंसिर ५ गते अन्तिम दिन सम्म जिल्ला निर्वाचन कार्यालय हुम्लामा मतदाता नामवलीमा नाम दर्ता गराउने महिलाको संख्या १ सय ६९ र पुरुषको संख्या २ सय ३ जना गरी जम्मा ३ सय ७२ जना रहेका छन् ।
संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी आयोगको निर्णय बमोजिम मंसिर ५ गतेसम्मका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य गर्ने समयाअवधि तोकिएको थियो । सोही व्यवस्था बमोजिम आफ्नो नाम मतदाता नामावलीमा दर्ता हुम्ली बासीले गरेका थिए ।