राज शाही बिहिबार, मंसिर ०५, २०८२ मा प्रकाशित

चालु आर्थिक वर्ष ८२।८३ का लागी सामाजिक विकास कार्यालय हुम्ला मार्फत कार्यान्वयन हुने योजनाहरु ४७ वटा रहेका छन् । कर्णाली प्रदेश सामाजिक विकास कार्यालय हुम्ला मार्फत कार्यान्वयन हुने ४७ वटा योजना मध्य १९ वटा ठेक्का प्रक्रिया मार्फत संचालन हुने छन् भने अन्य योजनाहरु कार्यविधि निर्देशिका अनुसार संचालन गर्ने प्रक्रियामा रहेको सोही कार्यालय प्रमुख इश्वर बहादुर सिंहले बताएका छन् ।

ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्नु पर्ने योजना मध्य ७ वटा योजनाहरुको यस अघि कार्तिक २ गते ३० दिने सुचना आब्हान गरी पर्न आएका सिलबन्दि दरभाउ बोलपत्रहरुको खुलाउने कार्य मंसिर १ गते गरिएको प्रमुख सिंहले बताएका छन् । गत कार्तिक २ गते आब्हान गरिएका योजनाहरुमा देवकोट स्कुल भवन निर्माण, हिल्सा हाइअल्टिच्युट निर्माण, हुम्ला माध्यामिक विद्यालय भवन निर्माण, मानधारा माध्यामिक विद्यालय हल निर्माण, रामदेव माध्यामिक विद्यालय भवन निर्माण, शैपाल माध्यामिक विद्याल होस्टेल निर्माण,सेवा रिप्पा कार्यालय निर्माण रहेका छन् ।

मंसिर १ गते खुलाइएको सिलबन्दि बोलपत्रहरुको मुल्याङकनका लागी मुल्याङकन समितिमा पठाउने निर्णय भएकाले मुल्याङकन समितिले मुल्याङकन गरी पठाए पछि छनौटमा परेका ठेक्केदार कम्पनीलाई काम संचालनका लागी सम्झौता गरिने प्रमुख सिंहले बताएका छन् ।  त्यसै गरी अन्य ठेक्का प्रक्रियाबाट संचालन गर्नु पर्ने योजनाहरुको  मंसिर ११ गते बोलपत्र आब्हान गरिने सिंहले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९