राज शाही बुधबार, मंसिर ०४, २०८२ मा प्रकाशित

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका आगलागी पीडितलाइ राहत उपलब्ध हुन थालेको छ । सोही गाउँपालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय माजाले आज बुधबार एक कार्यक्रमको आयोजना गरि १५ हजार आर्थिक सहयोग गरेको सोहि विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले बताएका छन् ।

विद्यालयको आर्थिक अवस्था कम्जोर भएको भए पनि आगलागी पीडितको पीडालाई बुझि १५ हजार सहयोग गरेको सोही विद्यालय व्यवस्थापन समितका अध्यक्ष डमन कुमार रोकायाले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी हुम्ला जिल्ला शाखाले पनि तत्कालका लागी बास वस्न ओड्ने ओछाउनका लागी केही सामाग्रीहरु उपलब्ध गराएको छ । रेडक्रस सोसाइटी हुम्ला जिल्ला शाखाबाट उपलब्ध गराइएका सामाग्रीहरुमा  त्रिपाल एक थान, कम्पल तिन थान, रातो कपडा एक थान, सादा कपडा एक थान, सल दुइ थान,  बाल्टी एक वटा र म्याटीस एक थान रहेको सोही शाखाका मन्त्री अर्जुन बोहोराले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९