राज शाही बुधबार, मंसिर ०४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका आगलागी पीडितलाइ राहत उपलब्ध हुन थालेको छ । सोही गाउँपालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय माजाले आज बुधबार एक कार्यक्रमको आयोजना गरि १५ हजार आर्थिक सहयोग गरेको सोहि विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले बताएका छन् ।

विद्यालयको आर्थिक अवस्था कम्जोर भएको भए पनि आगलागी पीडितको पीडालाई बुझि १५ हजार सहयोग गरेको सोही विद्यालय व्यवस्थापन समितका अध्यक्ष डमन कुमार रोकायाले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी हुम्ला जिल्ला शाखाले पनि तत्कालका लागी बास वस्न ओड्ने ओछाउनका लागी केही सामाग्रीहरु उपलब्ध गराएको छ । रेडक्रस सोसाइटी हुम्ला जिल्ला शाखाबाट उपलब्ध गराइएका सामाग्रीहरुमा  त्रिपाल एक थान, कम्पल तिन थान, रातो कपडा एक थान, सादा कपडा एक थान, सल दुइ थान,  बाल्टी एक वटा र म्याटीस एक थान रहेको सोही शाखाका मन्त्री अर्जुन बोहोराले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९