राज शाही सोमबार, मंसिर ०२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

 

हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाको ३ ठाउँमा  टावर जडान गरेर 4G सेवा  एक साथ संचालनमा आएको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । सर्केगाड गॅाउपालिका  4G सेवा :(MWDR -450 छ्यागी, MWDR-734 गॅुसा MWDR -306 जैर ) तिन वटा टावर एकै साथ संचालनमा आएका छन् ।

लामो समयको संघर्ष,मिहेनत र निरन्तरता पश्चात नेपाल टेलीकमको 4G सेवा संचालनमा ल्याउन सफल भएको अध्यक्ष रोकायाले बताएका छन् ।  छ्याँगी गाउँमा राखीएको फो जी टावरले खार्पुनाथ गाउँपालिका वडा नं १ को गोप्का, लाली,  सर्केगाड गाउँपालिका वडा नं १ जैरमा राखिएको टावरले नजिकको छिमेकी जिल्ला मुगुका केही गाउँपालिकामा समेत फोजी सेवाले काम गरेको खवर प्राप्त भएको छ । उक्त फोजी सेवा संचालनका लागी निरन्तर साथ, सहयोग, हाते मालो गर्ने सर्केगाड गाउँपालिका वासीलाई अध्यक्ष रोकायाले यस अवसरमा बधाइ समेत दिएका छन्  ।

आफुले नेतृत्व गरेको सर्केगा गाउँपालीकामा फोर जि सेवा विस्तार एवं संचालनमा सहयोग गर्ने नेपाल टेलीकमको प्रवन्ध निर्देशक सविना मास्के, उप प्रवन्धक प्रेम क्षेत्री, निर्देशक प्रेम सिलवाल, फिल्डमा खटीएर कार्य सम्पादन गर्ने सहायक प्राविधिक अधिकृत राकेश गिरी ,स.प्रा. रमेश प्रसाद घिमिरे , प्रादेशीक निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछानेलाई हार्दीक समेत अध्यक्ष रोकायाले धन्यवाद का साथ आभार समेत प्रकट गरेका छन् ।

यस अवसरमा सर्केगाड गॅाउपालिकाको उपाध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्पुर्ण कर्मचारीहरु, निर्माण कम्पनिको तर्फवाट जिम्मा लिई कार्य गर्ने मानदेव शाही, सम्वन्धीत वडाका वडा अध्यक्ष लगायत उपभोक्ता समितिहरु,सम्पुर्ण राजनितिक दलहरुलाई विशेष धन्यवाद समेत अध्यक्ष  रोकायाले व्यक्त गरेका छन् । यस 4G टावरले यस सर्केगाड गॅाउपालिका मात्रै नभएर अन्य छिमेकी गाउँपालिकाको वडाहरुमा पनि सेवा विस्तार हुनुका साथै यस गॅाउपालिकाको सेवा विस्तार हुन नसकेको भागमा MWDR-308 भदालीको भिस्याटलाई 4G मा कनभर्ट गर्ने प्रतिवद्ताका साथ प्रविधिको उच्च प्रयोग सेवा प्रवाहमा छीटो र सरल होस भन्ने समेतको सम्पुर्ण सेवाग्राहीमा हार्दिक शुभकामना समेत अध्यक्ष रोकायाले व्यक्त गरेका छन् ।

हुम्ला जिल्लाका ग्रामिण भेग सम्म फो जी सेवा संचालनमा आउन थालेको छ । यस अघि हुम्ला जिल्लाका ग्रामिण भेगमा रहेका गाउँपालिकामा नेट तथा इन्ट्रनेटले काम नगर्दा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाइ सेवा प्रवाह गर्न गाह्रो हुने गरेको थियो । यति वेला हुम्ला जिल्लामा रहेका गाउँपालिका केन्द्रमा धमाधम फोर जी सेवा संचालनका लागी टावर जडान कार्य हुन थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९