राज शाही आइतबार, मंसिर ०१, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा  जेठासी बाली लगाउने कार्यको चटारो बढेको छ । यस अघि कार्तिके बालि भित्रायका किसान यति वेला जेठासी बाली लगाउनमाव्यस्त देखिएका हुन । कार्तिके वाली कोदो, चिनो, फापर, आलु, सिमी, चोतो र मास भित्राइ सकेपछि जेठासी बाली गहु, जौहु र उवा लगाउनमा किसान व्यस्त देखिएका छन् । जिल्लाका धान पाक्ने खेत देखि लिएर पाखो जमिनमा समेत किसान जेठासी बाली लगाउनमा व्यस्त रहेको स्थानियवासी गोर्ख रोकायाले बताएका छन् । खेतवारीमा हिउ परि नसकेको र जमिनमा चिस्यान रहेकै वेला उवा, जौउ र गहुँ लगाउन सहज हुने उनले बताएका छन् ।

हुम्ला जिल्लामा दिन प्रतिदिन जाडो बढ्दै गएको र जमिनमा हिउ परेपछि जमिनमा बरफ जम्ने र जोत्न गोह्रो हुने भएका कारण किसानले यति वेला देखि नै जेठासी बाली लगाउन सुरु गरेको उनले बताएका छन् । अहिले जमिनमा छरेको जेठासी बाली माथि हिउ पर्दा खेतवारीमा भएको पात पतिङगर हिउले च्याप्ने र मलमा परिणत भइ उवा, जौउ र गहुँ राम्रो उत्पादन हुने उनले बताएका छन् । जिल्लाका जन प्रतिनिधि देखि बास्तविक किसानहरु आफ्नो कृषि कार्यमा दिन रात नभनी खटिने गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९