राज शाही आइतबार, मंसिर ०१, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा  जेठासी बाली लगाउने कार्यको चटारो बढेको छ । यस अघि कार्तिके बालि भित्रायका किसान यति वेला जेठासी बाली लगाउनमाव्यस्त देखिएका हुन । कार्तिके वाली कोदो, चिनो, फापर, आलु, सिमी, चोतो र मास भित्राइ सकेपछि जेठासी बाली गहु, जौहु र उवा लगाउनमा किसान व्यस्त देखिएका छन् । जिल्लाका धान पाक्ने खेत देखि लिएर पाखो जमिनमा समेत किसान जेठासी बाली लगाउनमा व्यस्त रहेको स्थानियवासी गोर्ख रोकायाले बताएका छन् । खेतवारीमा हिउ परि नसकेको र जमिनमा चिस्यान रहेकै वेला उवा, जौउ र गहुँ लगाउन सहज हुने उनले बताएका छन् ।

हुम्ला जिल्लामा दिन प्रतिदिन जाडो बढ्दै गएको र जमिनमा हिउ परेपछि जमिनमा बरफ जम्ने र जोत्न गोह्रो हुने भएका कारण किसानले यति वेला देखि नै जेठासी बाली लगाउन सुरु गरेको उनले बताएका छन् । अहिले जमिनमा छरेको जेठासी बाली माथि हिउ पर्दा खेतवारीमा भएको पात पतिङगर हिउले च्याप्ने र मलमा परिणत भइ उवा, जौउ र गहुँ राम्रो उत्पादन हुने उनले बताएका छन् । जिल्लाका जन प्रतिनिधि देखि बास्तविक किसानहरु आफ्नो कृषि कार्यमा दिन रात नभनी खटिने गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९