राज शाही मंगलबार, कार्तिक २६, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

वेमौसमी तरकारी उत्पादनका लागी जिल्लाका २ वटा गाउँपालिकाका ३ वटा कृषि सहकारी संस्थालाई पलाष्टिकका पाल र सोलार डायर वितरण गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसममा हरियो तरकारी उत्पादन नहुने भए पछि यसलाई मध्य नजर गरी जिल्लामा कृषि, पशु, स्वास्थ्य र शिक्षाका क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र ( एस आइ डिसी) को प्राविधिक सहयोग र गुड नेवर्स इन्टरनेस्नल संस्थाको आर्थिक सहयोगमा कृषि सामाग्रि वितरण गरिएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नं ४ मा स्थापित दुदकुण्ड महिला सहकारी संस्थालाइ २ वटा तरकारी सुकाउने सोलार डायर र  बेमौसमी तरकारी उत्पादनका लागी १५ वटा पलाष्टिकका पालहरु वितरण गरिएको छ ।त्यसै गरी सिमकोट गाउँपालिकामा स्थापित पन्चमुखी महिला सहकारी संस्थालाई १५ वटा पलाष्टिकका पाल र १ वटा सोलार डायर उपलब्ध गराइएको छ भने मष्ठादेव सहकारी संस्था सिमकोट १ लाई ११ वटा पलाष्टिकका पाल उपलब्ध गराइएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र( एस आइ डिसि) का कृषि प्राविधिक जंगबहादुर शाहीले बताएका छन् ।

उक्त सामाग्री वितरण गर्नुको मुख्य उद्देश्य छ महिना हिमपातले शुख्खा हुने हुम्ला जिल्लामा कृषि सहकारी संस्थाले वेमौसमी तरकारी उत्पादन गरी सहकारीको आय आर्जनमा वृद्धि गर्नुका साथै हिउदे मौसममा पनि हुम्ला बासीले जिल्लामै उत्पादन भएको अर्गानिक हरियो तरकारी खान पावस भन्ने रहेको कृषि प्राविधिक शाहीले बताएका छन् । उत्कृट सहकारी संस्थालाइ पुरुष्कार स्वरुप सोलार डायर उपलब्ध गराइएको शाहीले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९