यति वेला जिल्ला बाहिरबाट टिमुरको बिक्रीका लागी जिल्ला सदरमुकाम सिमकोटमा एक जना मुगुका व्यापारी पुगेका छन् । करिव एक आधा कुन्टल अर्थात ५० केजी बिक्रीमा ल्याएका उनले एक चिया पिउने गिलासको एक सय रुपैंयामा बिक्री गरी रहेका छन् । हुम्ला जिल्लाको केही स्थानमा अलि अलि उत्पान हुने गरेको भए पनि यसको खासै व्यवसायीक उत्पादन हुन सकेको छैन ।

हरेको घरमा मसलाको रुपमा प्रयोग हुने टिमुर मुगु जिल्लाको विभिन्न गाउँमा पुगी खरिद गरि ल्याइ हुम्ला जिल्लामा बक्रि गरि रहेको मुगु जिल्ला सोरु गाउँपालिका नेहर निवासी मिमबहादुर शाहीले बताएका छन् । यसको हुम्ला जिल्लामा व्यवसायीक उत्पादन गर्न सकेको खण्डमा निकै फाइदा हुने उनले बताएका छन् । एक गिलासको सय रुपैंयामा बिक्रि गर्दा ५० रुपैया सम्म फाइदा हुने गरेको उनले बताएका छन् । मुगुबाट गाडीमा ल्याउदा गाडी भाडा खान खर्च र खरिद गर्दा केही महँगो पर्न गएको उनले बताएका छन्।
आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुने , न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्याउने गर्छ, गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको हुने, टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुने, कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुने यसले भोक जगाउने काम गर्ने, टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने लगायतका उपयोगी गुण भएको स्वास्थ्य कर्मीले बताएका छन् ।