राज शाही आइतबार, कार्तिक १७, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा गोबरलाई इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । हिमाली जिल्ला हुम्लाका उच्च भेगका गाउँ बस्तिका वनजंगलमा ठुला बुट्यान नहुँदा घरपालुवा पशुको गोभरबाट आगो बाल्ने इन्धनको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।हुम्लाका उच्च हिमालमा बुकी घाँस सँगै साना झार भए पनि आगो बाल्नका लागी ठुला बोट विरुवा कम भए पछि गोबरलाई सुकायर आगो बाल्ने इन्धनको रुपमा प्रयोग गर्ने कार्य परापुर्वकाल देखि नै हुँदै आएको छ ।

भोट क्षेत्रमा हावा हुरी सँगै वर्षाले सहजै आगो नबल्ने हुँदा सुकायको गोबरलाई इन्धनको रुपमा प्रयोग गरी आगो बाल्ने गरिदै आएको नाम्खा गाउँपालिका वडा नं ६ हल्जी गाउँका स्थानियवासी कोनुर्वु तामाङले बताएका छन् । तामाङका अनुसार उक्त वडाका अधिकाँस स्थानियवासी गोबरलाइ सुकार गुइठा बनाइ आगो बाल्ने इन्धनकारुपमा प्रयोग गर्दै आएका छन् । गोठ भन्दा बाहिर बनजंगल सँगै चरिचरन क्षेत्रमा गाइ गोरु चौरी जुमा झोपाले सौच गरेको गोबरलाइ संकलन गरी घाममा सुकाइ इन्धनको रुपमा प्रयोग गर्ने गरेको तामाङले बताएका छन् ।

उक्त गोबरलाइ सुकाइ गुइठाको भण्डार गर्ने समेत गरेको पाइएको छ । हिमाली भेगमा अत्याधिक चिसो हुने र यसलाई चुलोमा हालि राख्दा ताप लामो समय सम्म दिने भएकाले पनि गोबरको गुइठाको अत्याधिक प्रयोग समेत हुने गरेको पाइएको छ । गुइठाको प्रयोगले एकातिर बनजंगल नासमास हुनबाट जोगाउने र अर्को तर्फ चरिचरन क्षेत्रमा खेर गएको गोबरको पनि सदुउपयोग हुने तामाङले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९