हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएका होटल पसल सँगै उद्योग व्यवसायीको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको संयोजगत्वमा गरिएको अनुगमन टोलीले उत्पादन, भण्डारण तथा बिक्री वितरण स्थल र सोको वातावरणीय पक्ष ठीक भए वा नभएको, वस्तु वा सेवाको नापतौल, गुणस्तर र मूल्य मापनका उपकरण ठीक भए वा नभएको र तत्सम्बन्धी सूचना उपभोक्तालाई दिए वा नदिएको, प्रतिस्पर्धा, स्वच्छ बजार प्रवर्द्धन, ट्रेडमार्क, लेबल र विज्ञापनको सत्यता भए वा नभएको, उत्पादन वा विक्री वितरण गर्दा कानुनी प्रक्रिया पूरा गरे वा नगरेको, उपभोक्ता हितमा प्रतिकूल असर परे वा नपरेको विषयमा अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीको प्रत्यक्ष निगरानीमा गरिएको अनुगमनमा जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएका पसल व्यवसायी सँगै उधोग व्यवसायीले सामान खरिद बिक्रि गर्दा विल विजक लिनेदिने भएको छ वा छैन भन्ने बारेमा सँग सँगै अवैध मधिराको जिल्लामा कारोबार भएको छ वा छैन भन्ने बारेमा समेत अनुगमन भएको थियो । चिनीय मदिरा हुम्ला जिल्लामा भित्रीएको भन्ने प्राप्त भए सँगै सोको निगरानी पनि सम्बन्धित निकायले गरि रहेको जानकारी प्राप्त भएको छ ।
उद्योग तथा उपभोक्ता हित सँरक्षण कार्यालयको आयोजनामा संचालन भएको उक्त अनुगमन टोलीले जिल्ला सदरमुकाम सिमकोटका सबै साना तथा ठुला पसल सँगै उद्योग व्यवसायहरुको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा केही म्याद सकिएका सामाग्री पनि फेला पारेको र उक्त सामाग्री सम्बन्धित स्थलमै उद्योग पसल सँचालकहरुलाई डम्पिङ गर्न समेत लगाइएको जिल्ला प्रशासन कार्यालयका नाय सुब्बा मोहन सर्माले बताएका छन् ।

जिल्लाका लागी हवाइ उडान कम हुँदा जिल्ला बाहिरबाट आयत हुने कुखुराको मासु तथा अन्य मासु जन्य पर्दा सदरमुकाम सिमकोटमा कम पाइएको र मासु उपभोग गर्न लायकको पाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर नविन पौडेलले बताएका छन् । उक्त अनुगमन कार्यक्रममा उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सान्ती भण्डारी, सुरक्षाकर्मी, पत्रकार उद्योग बाँणिज्य सँघ लगायत कृषि पशु सिमकोट गाउँपालिका अधिकृत ममता महत लगायतका व्यक्ति तथा निकायको उपस्थित रहेको थियो ।