राज शाही बिहिबार, कार्तिक १४, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा लागु औषध  नियन्त्रण सम्बन्धि बैठक संचालन भएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुख सहित सरोकारवाला निकाय सँगै पत्रकार नागरिक समाजको उपस्थितमा उक्त बैठक संचालन भएको थियो ।  पत्रकार महासंघका कार्यवाहक अध्यक्ष छपाल लामाको उपस्थित रहेको कार्यक्रममा हुम्ला जिल्लामा यातायातका साधन बाक्लिदै जाँदा लागु औषध ओसापसारको जोखिम बढेकाले यसलाई नियन्त्रणका लागी सबै तह तप्काका व्यक्तिहरुले आ आफ्नो ठाउँबाट ओसार पसार हुन नदिनका लागी लाग्ने उक्त बैठकमा उपस्थित व्यक्तिहरुले  प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त बैठकले ५ वटा निर्णय समेत गरेको छ । जसमा  जिल्ला प्रहरी कार्यालयले सबै स्थानीय तहहरुसँग समन्वय गरी विद्यालय, क्याम्पस, वडा र टोलहरुमा लागु औषध नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिने, जिल्ला भित्र लागु औषधको विक्रि, वितरण, सेवन र ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायहरु बीच समन्वय र सहकार्य गर्न अनुरोध गर्ने,सीमा क्षेत्रहरु तथा संवेदनशील स्थानहरुमा कडाईका साथ निगरानी गर्ने र प्रहरी टोलीलाई विशेष गस्ती बढाउन अनुरोध गर्ने, जिल्लामा लागु औषध कारोबारमा संलग्न भई पक्राउ परेका अभियुक्तहरुको अभिलेख तयार गरी त्रैमासिकरुपमा अद्यावधिक गर्ने, जिल्लामा पत्रकारहरु, एफ.एम. रेडियो तथा सञ्चारका माध्यामबाट जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताएका छन।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९