राज शाही मंगलबार, कार्तिक १२, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लाका उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी लिमी लाप्चा, नारा, न्यालु लेख, मारुकोर, पन्चमुखी हिमाल लगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन् ।

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्य स्थलका बारेमा प्रयाप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न भनिएको छ । पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी बिस्तारै उचाइतर्फ जान र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ ।

पदयात्रा गर्दा पञ्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानी सहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लिन समेत प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका छन । पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र धूमपान तथा मद्यपान नगर्न आग्रह गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९