राज शाही शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली भेगमा मानिसको बसाइ सराइ सँगै पशु पालन व्यवसाय लोप हुन थालेको छ । यस अघि प्रत्येक घरमा ५० देखि ५ सय सम्म चौरी तथा भेडा, च्याँग्रा पालन हुने नाम्खा गाउँ पालिकाको वडा नं ६ लीमि भ्यालीमा हाल पशु पालन व्यवसाय लोप हुँदै गएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ को जाँग गाउँमा बसोबास गर्ने घरधुरीका मानिस विपस्तापित भए पछि उक्त गाउँमा पशु पालन व्यवसाय पनि विस्तापित भएको देखिन्छ ।

जाँगमा चौरी

 

उक्त गाउँमा यस अघि ६५ घरधुरी मध्य हाल ३ घरधुरीका जम्मा ५ जना मानिस मात्र रहेका छन । सो गाउँमा पशु पालन व्यवसाय सुन्य जस्तै देखिन्छ । यस अघि हुम्ला जिल्ला वासीको च्याँग्रा तथा चौरी व्यापार व्यवसायका लागी मुख्य श्रोत केन्द्र मानिय पनि हाल ५।६ चौरी वाहेक अन्य घरपालुवा पशु वस्तु नरहेको वडा सदस्य छिरिङतुण्डुप लामाले बताएका छन् । नाम्खा गाउँपालिका वडा नं ६ का तिन गाउँ तिल, हल्जी र जाँग गाउँ मध्य सबै भन्दा धनी हुने खाने गाउँ नै जाँग गाउँ भएकाले त्यहाँका मानिसहरु सबै गाउँ छोडेर सहर केन्द्रित भएको सदस्य तामाङले बताएका छन् ।

लिमीको जाँग गाउँ 

चौरी तथा च्याँग्रा पालनको मुख्य श्रोत केन्द्र हल्जी गाउँमा यस अघि एउटै घर परिवारले ५ सय भन्दा वढी चौरी तथा भेडा च्याँग्रा पालन गर्ने गरेको भए पनि हाल पशु पालन व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । उक्त गाउँमा हाल मुस्किलले ५ सय सम्म चौरी मात्र रहेका छन् । सो गाउँमा भेडा च्याँग्रा पनि सुन्य नै भएको देखिन्छ । भेडा च्याँग्रा पालन गर्न छोडी सकेको वडा सदस्य तामाङले बताएका छन् ।

हल्जी गाउँमा चौरीका बाच्चा बाच्छी

 

व्यापार, व्यवसाय, अध्ययन लगायत विभिन्न कामले युवा युवती सँगै अन्य वयस्कहरुले गाउँ छोड्न थाले पछि यो पेशा लोप हुने अवस्थामा पुगेको पाइएको छ । गाउँमा जेष्ठ नागरिक वाहेक अन्य युवा युवती वयस्यक भेठाउन लिमी भ्याली घुम्न जाने आन्तरिक तथा वाह्य पर्यटकलाई मुस्किल हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९