राज शाही बिहिबार, आषाढ ११, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 हुम्ला

हिमाली जिल्ला हुम्लाका २ वटा गाउँ पालिकाले गाउँ सभा तोकिएकै समयमा सम्पन्न गरेका छन् । कानून त तोकिएकै समयमा गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा सिमकोट  र खार्पुनाथ गाउँ पालिका रहेका छन् ।

खार्पुनाथ गाउँ पालिकाले कुल वजेट ३५ करोड ३८ लाख ८० हजार २ सय ७० को बजेट गाउँ सभाबाट पारित गरेको छ । जसमा चालु तर्फ ८ करोड ४४ लाख ९२ हजार २ सय ७० र पुजीगत तर्फ १६ करौड ९३ लाख ८८ हजारको बजेट विनियोजन गरेको खार्पुनाथ गाउँ पालिका प्रवक्ता भिमराज शाहीले  बताएका छन् ।

त्यसै गरी सोही गाउँ सभाले ५ वटा विधेकहरु पनि पास गरेको छ । जसमा  स्थानिय तह सहकारी विधेक, कृषि व्यवस्थापन प्रवधन वधेक, जलश्रोत विधेक लगातका रहेका छन् ।

खार्पुनाथ गाउँ पालिकाले विश्वमा कोरोना प्रकोपले गर्दा पर्दै गएको असर प्रति मध्यनजर गरि आफ्ना गाउँ पालिकाका जनताहरुको अकालमै ज्यान जान नदिनका लागी स्वास्थ्यलाई प्राथामिकता दिएको छ भने कोरोना भाइरस कोभिण्ड १९ का कारण चैत ११ गतेबाट पठन पाठन ठप्प भएको अवस्थामा यसलाई व्यवस्थित गर्नका लागी पनि शिक्षालाई दोश्रो प्राथामिकतामा राखि वजेट विनियोजना गरेको  सहकर्मी जनक शाहीले बताएका छन् ।

त्यस्तै सिमकोट गाउँ पालिकाले पनि आफ्नो गाउँ सभा सम्पन्न गरेको छ । उक्त गाउँ सभाले कृषि स्वास्थ्य स्थानिय उत्पादनलाई पोत्साहन दिने कार्यक्रमलाई पहिलो प्रथामिकतामा पारेको छ । आर्थिक बर्ष २०७७ र०७८ का लागि जम्मा ४० करोड ६९ लाख ४९ हजार ८ सय बजेट सार्वजनिक गरेको छ ।

सिमकोट गाउँपालिकाले आर्थिक विकासतर्फ १४ करोड ३७ लाख १५ हजार, सामाजिक विकासतर्फ ५ करोड १० लाख ३६ हजार, पूर्वाधार विकासतर्फ १७ करोड ४५ लाख ८९ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ८६ लाख १३ हजार र सुशासन तथा संगठनतर्फ ८९ लाख ९६ हजार विनियोजन गरिएको सिमकोट गापाका सूचना तथा संचार प्रविधि अधिकृत छिरिङ युङडुङ लामाले बताए ।

नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि २०७७ र ०७८ सालको बजेट सार्वजनिक गरीएको उपाध्यक्ष वली रावत बताए । गाउँ सभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९