हिमालमा हिउँ कम पर्दा हिमताल जोखिममा देखिएका छन् । हिमताल सुक्दै गएका छन् । न्यालु लेखमा रहेको सेलीमा ताल र लिङ खोलामा रहेको तलुङ ताल लगायतका हिमताल संकटमा परेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ६ मा अवस्थित यी हिमताल हिउँ कम पर्दा सुक्दै गएका छन् । पर्यटकीय क्षेत्रकारुपमा चिनीएका यी हिमताल सुक्दै जाँदा कुरुप देखिन थालेका छन् । सोही पदमार्ग भए र पर्यटकहरु लिमि लाप्चाबाट मानसरोवर कैलासको दुरदर्सन गर्ने गरेका छन् । हिमाल र हिमतालहरु पर्यटकिय मुख्य आकर्षणको केन्द्र रहेका छन । हिमालमा हिउ कम पर्दा हिमाल र हिमताल नै जोखिममा रहेका छन ।

हिउँ माथि सर्दै गएको छ । जसले हिमताल र हिमाल कालापत्थर बन्ने क्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको नाम्खा गाउँपालिका वडा नं ६ का वडा सदस्य छिरिङ तुडुप लामाले बताएका छन् । पदयात्रा र हिमाल नजिकबाट हेर्न विश्वका पर्यटक नाम्खा गाउँपालिकाको वडा नं ६ को लीमी लाप्चा क्षेत्र जाने गरेका छन् । मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल आवश्यक रहेको र सरकारले यस्ता प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने वडा सदस्य तामाङले बताएका छन् ।

बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त अलि माथि हिँडे हिउँ भेटिन्थ्यो अहिले त धेरै माथि पुग्नुपर्छ । हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि बिस्तारै मासिएको छ । पदमार्गमा सडक बनेको छ । अनि केको पदमार्ग ? कि त पदमार्गको विकल्प खोज्नुपर्छ ।’ पदमार्गमा हिँड्न रुचाउने भएर नै पर्यटक आउने हो । पदमार्गको संरक्षण गर्नुपर्नेमा स्थानीयवासीको जोड रहेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहान समेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने भएको स्थानीय तामाङको बताएका छन ।
