राज शाही शुक्रबार, कार्तिक ०८, २०८२ मा प्रकाशित

हिमालमा हिउँ कम पर्दा हिमताल जोखिममा देखिएका छन् । हिमताल सुक्दै गएका छन् । न्यालु लेखमा रहेको सेलीमा ताल र लिङ खोलामा रहेको तलुङ ताल लगायतका हिमताल संकटमा परेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ६ मा अवस्थित यी हिमताल हिउँ कम पर्दा सुक्दै गएका छन् । पर्यटकीय क्षेत्रकारुपमा चिनीएका यी हिमताल सुक्दै जाँदा कुरुप देखिन थालेका छन् । सोही पदमार्ग भए र पर्यटकहरु लिमि लाप्चाबाट मानसरोवर कैलासको दुरदर्सन गर्ने गरेका छन् । हिमाल र  हिमतालहरु पर्यटकिय मुख्य आकर्षणको केन्द्र रहेका छन । हिमालमा हिउ कम पर्दा हिमाल र हिमताल नै जोखिममा रहेका छन ।

हिउँ माथि सर्दै गएको छ । जसले हिमताल र हिमाल कालापत्थर बन्ने क्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको नाम्खा गाउँपालिका वडा नं ६ का वडा सदस्य छिरिङ तुडुप लामाले बताएका छन्  । पदयात्रा र हिमाल नजिकबाट हेर्न विश्वका पर्यटक नाम्खा गाउँपालिकाको वडा नं ६ को लीमी लाप्चा क्षेत्र जाने गरेका छन् । मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल आवश्यक रहेको र सरकारले यस्ता प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने  वडा सदस्य तामाङले बताएका छन् ।

बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त अलि माथि हिँडे हिउँ भेटिन्थ्यो अहिले त धेरै माथि पुग्नुपर्छ । हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि बिस्तारै मासिएको छ । पदमार्गमा सडक बनेको छ । अनि केको पदमार्ग ? कि त पदमार्गको विकल्प खोज्नुपर्छ ।’ पदमार्गमा हिँड्न रुचाउने भएर नै पर्यटक आउने हो । पदमार्गको संरक्षण गर्नुपर्नेमा स्थानीयवासीको जोड रहेको छ ।  यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहान समेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने भएको स्थानीय तामाङको बताएका छन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९