नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो पुर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा वस्ने भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक बस्ने भएको हो । देश बिसम परिस्थितीमा भएपनि नेपाल पत्रकार महासंघ हुम्ला शाखाको चौथो पुर्ण बैठक लिमीको पाँच हजार मिटर उचाईको लाप्चामा बस्न लागेको महासंघ हुम्ला शाखाले जनाएको छ ।पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासंघले आफ्नो बैठक लाप्चाम राख्ने कार्य गरेको हो ।
कात्तिक ३ गते महासंघको बैठक लाप्चामा वस्ने छ भने त्यसका लगि महासंघको टोली आईतबार लिमी तर्फ लाग्ने छ । महासंघको टोली लिमीको हल्जी गाउमाा पनि पुग्नेछ भने कातिक ४ गते टोली सदरमुकाम सिमकोट फिर्ता हुनेछ । यसका लागि १७ जना पत्रकारहरु लाप्चा बैठकका लागि लाग्ने छन । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको ब्यवस्था हेल्थ अस मेडिकल सेन्टर गरेको छ ।