राज शाही शनिबार, कार्तिक ०२, २०८२ मा प्रकाशित

नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो पुर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा वस्ने भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक बस्ने भएको हो । देश बिसम परिस्थितीमा भएपनि नेपाल पत्रकार महासंघ हुम्ला शाखाको चौथो पुर्ण बैठक लिमीको पाँच हजार मिटर उचाईको लाप्चामा बस्न लागेको महासंघ हुम्ला शाखाले जनाएको छ ।पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासंघले आफ्नो बैठक लाप्चाम राख्ने कार्य गरेको हो ।

कात्तिक ३ गते महासंघको बैठक लाप्चामा वस्ने छ भने त्यसका लगि महासंघको टोली आईतबार लिमी तर्फ लाग्ने छ । महासंघको टोली लिमीको हल्जी गाउमाा पनि पुग्नेछ भने कातिक ४ गते टोली सदरमुकाम सिमकोट फिर्ता हुनेछ । यसका लागि १७ जना पत्रकारहरु लाप्चा बैठकका लागि लाग्ने छन । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको ब्यवस्था हेल्थ अस मेडिकल सेन्टर गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९