राज शाही शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा सवारी दुर्घटना बढ्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरिएको छ । सडक छेउछाउमा राखिएका स्थानियका सामाग्रीहरुले सडक विगार्नुका साथै सडक हिलाम्वे तथा खाल्डा खुल्डी भइ पानी जम्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरीएको हो ।

सदरमुकाम सिमकोट बजार भित्रको सडक छेउछाउमा ढुङ्गा बालुवा गीटी मलखाद राखी सात मिटर चौडा सडक खुम्चाइ ४ मिटरमा सिमित गर्न थाले पछि हुम्ला जिल्ला प्रहरी एक्सनमा उत्रियको छ । पहिलो पटक सामाग्री धनीलाई भेटी सडकका छेउ छाउमा निर्माण सामाग्री तथा अन्य मलखात नराख्न जानकारी गराएको र सो जानकारीलाई बेवास्था गरिएको पाइएमा केही दिन भित्र ति सामाग्री उठाइ अनेन्त्र लगिने प्रहरी निरिक्षक जंगबहादुर सिंहले  बताएका छन् ।

त्यसै गरी जिल्लाका सडक विस्तार भएका सडक छेउछाउमा ढुङ्गा बालुवा गिटी लगाउतका अन्य सामाग्री राखेको पाइएमा पनि तुरुन्त हटाउन जानकारी गराइने सो जानकारीले नमानेमा प्रहरीले आफै हटाइ अन्यन्त्र लिने पनि प्रहरी निरिक्षक सिहले बताएका छन् । सडक छेउ छाउमा अनियन्त्रित ढंगले राखिएका सामाग्रीहरुले पनि सवारी दर्घटनालाई वढी प्रोत्साहन गरेको पाइएको पनि निरिक्षक सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९