कर्णाली प्रदेशको हुम्ला जिल्लामा सवारी दुर्घटना बढ्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरिएको छ । सडक छेउछाउमा राखिएका स्थानियका सामाग्रीहरुले सडक विगार्नुका साथै सडक हिलाम्वे तथा खाल्डा खुल्डी भइ पानी जम्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरीएको हो ।
सदरमुकाम सिमकोट बजार भित्रको सडक छेउछाउमा ढुङ्गा बालुवा गीटी मलखाद राखी सात मिटर चौडा सडक खुम्चाइ ४ मिटरमा सिमित गर्न थाले पछि हुम्ला जिल्ला प्रहरी एक्सनमा उत्रियको छ । पहिलो पटक सामाग्री धनीलाई भेटी सडकका छेउ छाउमा निर्माण सामाग्री तथा अन्य मलखात नराख्न जानकारी गराएको र सो जानकारीलाई बेवास्था गरिएको पाइएमा केही दिन भित्र ति सामाग्री उठाइ अनेन्त्र लगिने प्रहरी निरिक्षक जंगबहादुर सिंहले बताएका छन् ।
त्यसै गरी जिल्लाका सडक विस्तार भएका सडक छेउछाउमा ढुङ्गा बालुवा गिटी लगाउतका अन्य सामाग्री राखेको पाइएमा पनि तुरुन्त हटाउन जानकारी गराइने सो जानकारीले नमानेमा प्रहरीले आफै हटाइ अन्यन्त्र लिने पनि प्रहरी निरिक्षक सिहले बताएका छन् । सडक छेउ छाउमा अनियन्त्रित ढंगले राखिएका सामाग्रीहरुले पनि सवारी दर्घटनालाई वढी प्रोत्साहन गरेको पाइएको पनि निरिक्षक सिंहले बताएका छन् ।