राज शाही बुधबार, आश्विन २९, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

विद्यालयमा स्वास्थ्य शिक्षाको अभाव नहोस भन्नका लागी लिटिल डाक्टर उत्पादन गरिएको छ । विद्यालयमा अध्ययनरत साना वालविकासका बालबालिका देखि कक्षा १२ सम्मका विद्यालर्थी अध्ययन गर्दै आउने गरेका छन् । अधिकाँस बालबालिका दैनिक दिन विद्यालयमै रहने भएकाले विद्यालयमै प्राथामिक उपचारका लागी विद्यार्थीलाई नै स्वास्थ्य सम्बन्धी ज्ञान सिफ उपलब्ध गराउनका लागी लिटिल डाक्टर तालिम दिएको छ ।

विद्यालयमा विद्यार्थी विरामी भएमा तत्काल उपचार गराउनका लागी हुम्ला जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले विद्यालयमा लिटिल डाक्टर उत्पादन गर्ने गरेका छन । सो ज्ञान सिप विद्यालयमा मात्र सिमित नरहि समुदायमा पनि उक्त ज्ञान  सिप लापदाहिक हुने बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक छतुप लामाले बताएका छन् ।

कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित बालमन्दिर माध्यामिक विद्यालयमा संचालन भएको १ महिने लिटिल डाक्टर तालिम अर्थात कार्यक्रम सम्पन्न भएको छ । नेपाल ट्रसको आर्थिक सहयोग र सिप नेपालको सहकार्य सँगै बालमन्दिर माध्यामिक विद्यालयको प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको हो । तालिममा बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना छात्र र ११ जना छात्रा गरी २२ जनाको सहभागी रहेको थियो ।

गत साउन १९ गतेबाट संचालन भएको उक्त तालिम बीचमा दशै लगायतका विभिन्न चाड पर्व परेपछि अशोज २८ गते सम्पन्न भएको सोही विद्यालयका शिक्षक छतुप लामाले बताएका हुन ।उक्त तालिममा सहभागी छात्र छात्रा मध्य उत्कृट स्वास्थ्य सम्बन्धि शिप देखाउने विद्यार्थीलाइ एक कार्यक्रमका विच पुरुष्कार समेत प्रर्दान गरिएको थियो । सोही कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रधानाध्यापक कैलास रोकायाको र प्रमुख आतिथ्य सिप नेपालका कार्यक्रम संयोजक कालिबहादुर भण्डारीको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९