राज शाही मंगलबार, आश्विन २८, २०८२ मा प्रकाशित

हुम्ला ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुन सम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ । मंगलबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियम सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी हवल्दार भिमबहादुर वुढाले बताएका छन ।

कर्णाली प्रदेशको हुम्ला जिल्लामा ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत मंगलबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको धुपी चौतारा, काठेचुली ,ओखरबोट, एर्पोट चोक, बालमन्दिर माद्यामिक विद्यालय गेट, तिनधारा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको हवल्दार बुढाले   बताएका छन् ।

ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना न्यूनीकरणका उपायहरू लगायतका विषयमा सचेतना प्रदान गरिएको हो । जिल्लाका विभिन्न स्थानमा दैनिकजसो सचेतनाका कार्यक्रमहरू गर्दै आएको उनले बताएका छन । सचेतना कार्यक्रमले सर्वसाधारण नागरिकहरू लगायत सरोकारवाहरुमा ट्राफिक सम्बन्धी शिक्षाको ज्ञान भएको र यसले गर्दा दुर्घटनामा कमी आउनुका साथै अत्यन्तै सकारात्मक प्रभाव परेको आफूले पाएको ट्राफिक प्रहरी हवाल्दार बुढाले बताएका छन्  ।

ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने होइन, सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्ने पनि वुढाले थप जानकारी दिएका छन ।‘‘नागरिक सचेत भएपछि अटोमेटिक रूपमा सडक दुर्घटनामा कमी आउनुका साथै सवारी साधन लगायत सबै जनाले ट्राफिक नियमको पालना गर्नु पर्ने देखिएको हो  ।’’ दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि हुम्ला ट्राफिकले पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा सरोकारवालाहरू बिच विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९