राज शाही मंगलबार, आश्विन २८, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्ला सदरमुकाम सिमकोटको बजार अनुगमन तथा निरिक्षण गरिएको छ ।उक्त अनुगमन तिहार तथा छट पर्वलाइ लक्षित गरि अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालय हुम्लाको अघुवाइ सँगै उद्योग बाणिज्य सँघको समन्वय र पत्रकारहरुको उपस्थितमा मंगलबरअनुगमन गरिएको हो । चाडपर्वलाई लक्ष्ति गरेर हुम्लामा खाद्यान्न तथा किराना पसलमा अनुगमन तीव्र पारिएको छ । चाडपर्वको मौका छोपेर बजारमा हुने कालो बजारी रोक्न घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो ।

यो अनुगमन कार्य  राज्यको निमयनकारी भुमिकामा पर्ने भएकाले, राज्यले निजि क्षेत्रलाई नियमन, सहजीकरण र करको दायरामा ल्याउनु पर्ने, निजि क्षेत्रको सहजीकरणका लागी सदभावपुर्ण व्यवहार, नियमनको लागी राज्यको कानूनले तोकेको मापदण्ड भन्दा बाहिर व्यापार व्यवसाय गरेको पाइएमा त्यसलाई यसरी गर्नु हुँदै भनी सचेत गराउने, अक्षम्यको हकमा दण्ड सजाय गर्ने, अनुगमन गर्दा मुख्य गरी बिल विजकहरु जारी भएका छन वा छैनन् हेर्ने,  सामान खरिद बिक्री गर्दा विल विजक चुस्त दुरुष्त राखिएका छन वा छैनन ति कुराको माध्यमबाट राज्यले कर प्राप्त गर्ने भएकाले सो कुरालाई अनुगमनमा समेटिनु पर्ने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताएका छन् ।

हुम्ला उद्योग बाँणिज्य सँघले जारी गरेको बजार मुल्य सबैले देख्ने गरी पसलको अगाडी टाँस्नु पर्ने, दर्ता नगरी संचालन भएका होटल, पसल, उद्योग तत्काल दर्ता गर्नु पर्ने, यसरी दर्ता नगरी संचालनमा रहेका व्यवसायहरुलाई तुरुन्त कारवाही गरी व्यवसाय वन्द गर्न अनुगमन समिति वाध्य हुने हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताएका छन् ।

मंगलबार अनुगमनका क्रममा खरिद बिक्री बिल तथा खाता व्यवस्थित नगरेको, व्यवसायको प्रकृति खुल्ने चिनारीसहितको बोर्ड नराखेका किराना पसल तथा होटल व्यवसायीलाई कानुनी दायरामा आउन सचेतना मुलक जानकारी प्रदान गर्नुको साथै सुधारको लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द  बताएका छन् ।

उक्त अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चन्द, उद्योग बाँणिज्य संघका अध्यक्ष भण्डारी, प्रहरी निरिक्षक जंगबहादुर सिंह, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका शान्ति भण्डारी, पत्रकार महासंघका उपाध्यक्ष छपाल लामा, लगायत रेडियो कर्मी, सुरक्षाकर्मी, नागरिक समाज लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९