राज शाही बिहिबार, आश्विन २३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी वढेको छ । भुस्या कुकुरहरु खेतवारी सडकका छेउछाउ सँगै मानिस नवस्ने घर घरमा समुह बनाइ वस्दा स्थानिय वासी त्रसित भएका छन् । कुकुरहरुले मानिस तथा पशु वस्तुलाइ एक साथ समुह बनाइ झम्टने गरेको समेत खवर प्राप्त भएको छ । विगतका वर्षमा भुस्या कुकुरले मानिसलाइ टोक्दा मानिसले निकै क्षेती समेत वेहोर्नु परेको छ । यी कुकुरले गर्दा विहानी पख टिउसन पढ्न जाने वालबालिका सँगै मेलापातो खेतबारीमा काम गर्न जाने कृषकहरुलाई समेत गाह्रो बनाएको छ । यो बाली भित्राउने समयमा खेतबारीमा भुस्या कुकुरहरु एक साथ समुह बनाइ वस्दा एका विहानै खेतबारीमा जान कृषकलाई समस्या भएको कृषकले बताएका छन् ।

त्यसै गरी जेष्ठ नागरी, गर्भवती महिला, बालबालिकाहरुलाई रातीको समयमा विरामी परे अस्पताल सम्म जान पनि कुकुरले समस्या गर्ने गरेको पाइएको छ । विगतका वर्षमा कुकुर नियन्त्रणका लागी स्थानिय तह सँगै जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले विभिन्न उपाय अपनाए पनि यति वेला कोही कसैको ध्यान केन्द्रित हुन नसकेको स्थानियको गुनासो रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९