राज शाही बिहिबार, आश्विन २३, २०८२ मा प्रकाशित

हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी वढेको छ । भुस्या कुकुरहरु खेतवारी सडकका छेउछाउ सँगै मानिस नवस्ने घर घरमा समुह बनाइ वस्दा स्थानिय वासी त्रसित भएका छन् । कुकुरहरुले मानिस तथा पशु वस्तुलाइ एक साथ समुह बनाइ झम्टने गरेको समेत खवर प्राप्त भएको छ । विगतका वर्षमा भुस्या कुकुरले मानिसलाइ टोक्दा मानिसले निकै क्षेती समेत वेहोर्नु परेको छ । यी कुकुरले गर्दा विहानी पख टिउसन पढ्न जाने वालबालिका सँगै मेलापातो खेतबारीमा काम गर्न जाने कृषकहरुलाई समेत गाह्रो बनाएको छ । यो बाली भित्राउने समयमा खेतबारीमा भुस्या कुकुरहरु एक साथ समुह बनाइ वस्दा एका विहानै खेतबारीमा जान कृषकलाई समस्या भएको कृषकले बताएका छन् ।

त्यसै गरी जेष्ठ नागरी, गर्भवती महिला, बालबालिकाहरुलाई रातीको समयमा विरामी परे अस्पताल सम्म जान पनि कुकुरले समस्या गर्ने गरेको पाइएको छ । विगतका वर्षमा कुकुर नियन्त्रणका लागी स्थानिय तह सँगै जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले विभिन्न उपाय अपनाए पनि यति वेला कोही कसैको ध्यान केन्द्रित हुन नसकेको स्थानियको गुनासो रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९